default_image

3 years ago

April 15, 2021

१४ जिल्लाका खेलकुदमा सहभागी नहुने अपिल !

काठमाडौं (हाम्रो खेलकुद)– उपत्यकाका ३ जिल्लासहित १४ जिल्ला कोभिड– १९ का अति प्रभावित जिल्ला भएकाले त्यहाँ हुने खेलकुदमा सहभागी नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । यो र अर्को सातामा काठमाडौंमा ठूला दुई प्रतियोगिता सुरु हुने क्रममा रहँदा स्वास्थ्य मन्त्रालयले भने त्यस्ता भीड हुन ठाँउमा सहभागी नहुन बिहीबार अपिल गरेको छ । शनिबारबाट […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उपत्यकाका ३ जिल्लासहित १४ जिल्ला कोभिड १९ का अति प्रभावित जिल्ला भएकाले त्यहाँ हुने खेलकुदमा सहभागी नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

यो र अर्को सातामा काठमाडौंमा ठूला दुई प्रतियोगिता सुरु हुने क्रममा रहँदा स्वास्थ्य मन्त्रालयले भने त्यस्ता भीड हुन ठाँउमा सहभागी नहुन बिहीबार अपिल गरेको छ । शनिबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि ट्वान्टी अन्तर्राष्ट्रिय हुँदैछ । त्यसका लागि विदेशी २ टोली नेपाल आइसकेका छन् । त्यस्तै वैशाख ११ गते देखि दशरथ रंगशालामा ७ टोलीको सहभागितामा फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग सुरु हुँदैछ ।

खेलकुद प्रतियोगिता आयोजनाका लागि भने सरकारले रोक लगाएको छैन । नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार गरिएको अपिलमा भनिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन् ।

यी १४ जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अनिलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागि नभई दिन हुन भन्दै मन्त्रालयले अपिल गरेको छ । सार्थ जनस्वास्थयका मापदण्डहरु कडाईका साथ पालना गर्नका लागि पनि भूमिका निर्वाह गर्न मन्त्रालयले आग्रह गरेको छ ।

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

Success

Thank you for your time.