5 years ago
April 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिका रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एउटा कुर्सी खरिद गरेको छ ।

केहि महिना अघि फाउन्डेसनले रंगशालामा राखिने प्रति कुर्सी १ लाख रुपैयाँका दरले संस्थागत वा व्यक्तिगत रुपमा खरिद गर्न सक्ने नीति सार्वजनिक गरेको थियो । रंगशाला निर्माणमा आर्थिक रुपमा सहयोग पुगोस् भन्ने उद्देश्यका फाउन्डेसनले यस्तो योजना अघि सारेको थियो ।
एनएनआइपिएले आफ्नो नाममा एउटा कुर्सी खरिद गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसलाई १ लाख रुपैयाँ हस्तान्तरण गरे ।
एनएनआइपिएले निर्माण चरणको अघि देखिनै फाउन्डेसनलाई आफ्नोतर्फबाट साथ दिदै आएको छ उल्लेख गर्दै रंगशालालाई खेलाडीको आस्थाको मन्दिरका रुपमा लिएको जनाएको छ । रंगशाला निर्माणका लागि सबैलाई आ आफ्नोतर्फबाट सक्दो सहयोगका लागि समेत एनएनआइपिएले आग्रह गरेको छ ।
गत फागुन ८ गते आयोजना भएको १७ औं एनएनआइपिएल स्पोर्टस् अवार्डबाट बचत भएको रकम मध्येबाट एनएनआइपिएले रंगशालामा कुर्सी खरिद गर्दै निर्माण अभियानमा आर्थिक रुपमा सहयोग गर्न लागेको जनाएको छ । संस्थागत र व्यक्तिगत रुपमा यो अभियानमा साथ दिने हो भने रंगशाला निर्माणमा आर्थिक सहयोग पुग्नेछ र खेलाडीहरुको आस्थाको मन्दिरको निर्माण पूरा हुने विश्वास एनएनआइपिएले लिएको छ ।
यसअघि पनि एनएनआइपिएले निर्माणका लागि सहयोग गरेको थियो । २०७६ फागुन १५ गते काठमाडौंको एक हलमा सेन्टी भाइरसको प्रिमियर सो आयोजना गर्दै त्यसबाट बचत ६० हजार रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेको थियो । एनएनआइपिएले भविष्यमा पनि आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने वचन दिएको छ ।
एनएनआइपिएले देशको खेलकुद विकास र खेलाडीहरुलाई सुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माणका लागि फाउन्डेसनले लिएको अग्रसरताका लागि फाउन्डेसन परिवार तथा यसका मुख्य व्यक्ति कलाकार कट्टेल र कुञ्जना घिमिरे सुन्तलीलाई खेलाडीहरुको तर्फबाट एनएनआइपिए आभार व्यक्त गरेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]