default_image

5 years ago

April 26, 2021

श्रेष्ठलाई केबिए खेलाडी विकास विभाग प्रमुखको जिम्मेवारी

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ब्याडमिन्टनको पूर्व मुख्य प्रशिक्षक उदयकुमार श्रेष्ठलाई खेलाडी विकास विभागको प्रमुखका रुपमा नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय जगतमा देशकै नाम उच्च पार्ने खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको केबिएले अनुभवी प्रशिक्षकको आगमनले एकेडेमीले थप गति लिने विश्वास लिएको जनाएको छ ।

उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षका रुपमा स्थापित ६५ वर्षीय श्रेष्ठले भारतको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्टस्बाट डिप्लोमा इन ब्याडमिन्टन र विश्व तथा एसियन ब्याडमिन्टनका प्रशिक्षकको कोर्स पूरा गरेका छन् । खेलाडीका रुपमा सन् १९९४ को एसियाली खेलकुद र १९७६ को एसियन ब्याडमिन्टन च्याम्पियनसिप खेलेका श्रेष्ठले राखेपमा १९८० देखि २०१२ सम्म तीन दशक भन्दा लामो समय प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । सुरुका दुई वर्ष नेपाल पुलिस क्लबका खेलाडीलाई प्रशिक्षण दिएका उनले २००२ देखि २०१२ सम्म एक दशक राखेपको ब्याडमिन्टनको मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए ।

श्रेष्ठको मुख्य प्रशिक्षणमा नेपाली खेलाडीले एसियन गेम्स १९८६ र २०१०, दक्षिण एसियाली खेलकुद (साग) २००४ र २०१० मा प्रतिस्पर्धा गरेका थिए । उनको प्रशिक्षणमा नेपाली खेलाडीले विश्व पसिद्ध ब्याडमिन्टन प्रतियोगिता थोमस कपको छनोट, विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप, दक्षिण एसियाली च्याम्पियनसिप, एसियन स्याटलाइट ब्याडमिन्टन च्याम्पियनसिपलगायत २२ वटा अन्त्र्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो ।

केबिएले नख्खुस्थित बुल्स इन्डोर स्पोर्ट्स हल र बानेश्वरस्थित देवीनगर क्लबमा ब्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिरहेका छ । दुई ठाँउमा गरि २४ जना खेलाडीलाई विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का प्रमाणपत्र प्राप्त प्रशिक्षक बालकृष्ण थापा र पुरुषोत्तम ढकालले प्रशिक्षण दिइरहेका छन् । केबिएले भविष्यमा विदेशीसहित थप प्रशिक्षक ल्याएर विद्यार्थी, खेलाडीहरूलाई प्रशिक्षण दिने योजना रहेको जनाएको छ ।

गत वर्ष पुसमा स्थापना भएको केबिएकी अध्यक्ष रीता विष्टका अनुसार एकेडेमीका खेलाडीको खेल कौशल र व्यक्तित्व विकासको लागि मनोविद हसना श्रेष्ठ, योग गुरु पुष्करराज पन्त, पोषणविद यदुराम न्यौपाने र फिजियोथेरापिस्ट सारिका विष्टसँग सहकार्य गर्दै आएको छ । खेलाडी उत्पादनसँगै देशमा ब्याडमिन्टन खेलको प्रवर्धन गर्ने लक्ष्य राखेको केबिएले जेठ २० देखि २२ गते सम्म आठ लाख रुपैया पुरस्कारको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१– आमन्त्रण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने यसअघि नै जानकारी गराइसकेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.