default_image

3 years ago

May 23, 2021

महासंघद्वारा मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा आइतबार महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा आइतबार महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभस लगायतका सामाग्री हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले कोरोनाका बिषम परिस्थितीमा फ्रन्टलाइनरलाई उपलब्ध गराउने स्वास्थ्य सामाग्री मञ्चलाई समेत हस्तान्तरण गरिएको बताए । मञ्चका अध्यक्ष सुवेदीले पत्रकारहरु सधै जोखिममा रहने उल्लेख गर्दै स्वास्थ्य सामाग्री सहयोगका लागि महासंघलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमा महासंघका प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्षहरु सुभाष श्रेष्ठ, यकेन्द्र कुँवर, प्रभात बिक्रम कट्वाल, महासचिव मेघराज पौडेल, सह–महासचिवद्धय प्रदीप खत्री र नन्दा बस्याल, सचिव उमेश केसी, कोषाध्यक्ष बिनु शर्मा, उपत्यका सचिव केशव वलीको उपस्थिती थियो । महासंघले अभियान अन्तर्गत देशका ५६ जिल्लामा अग्रपङ्ती खटिने फ्रन्टलाइनरलाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको जनाएको छ ।

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

Success

Thank you for your time.