default_image

3 years ago

June 19, 2021

नेपाली कमेन्ट्री नै दर्शकले रुचाउने

काठमाडौं (हाम्रो खेलकुद) – डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । डिस होमका आफ्नै थुप्रै च्यानल पनि छन् । ७७ जिल्लामा सेवा संचालन भएकाले पनि डिसहोम दशेको सम्पूर्ण बजारमा सक्रिय छ । डिस होमले विभिन्न विधागत च्यानल सञ्चालन गर्ने क्रममा केहि वर्षअघि बाट खेलकुदलाई प्राथमिकतामा […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । डिस होमका आफ्नै थुप्रै च्यानल पनि छन् । ७७ जिल्लामा सेवा संचालन भएकाले पनि डिसहोम दशेको सम्पूर्ण बजारमा सक्रिय छ ।

डिस होमले विभिन्न विधागत च्यानल सञ्चालन गर्ने क्रममा केहि वर्षअघि बाट खेलकुदलाई प्राथमिकतामा राख्दै एक्सन स्पोर्टस् च्यानलको प्रयासरण सुरु गरेको थियो । विभिन्न राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस्ले सन् २०१८ को विश्व कप फुटबलको प्रत्यक्ष प्रसार गरेको थियो । त्यसले नेपाली दर्शकका माझ अलग्गै छाप छाड्न सफल भएको थियो । त्यसको मुख्य कारण थियो पहिलो पटक विश्व कपको नेपाली भाषामा कमेन्ट्री गरिएको थियो । सुरुका केहि दिनमा आलोचना भएपनि विस्तारै नेपाली भाषाको कमेन्ट्रीले लोकप्रियता पाएको थियो ।

अहिले युरो कप जारी छ । युरो कपको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरिरहेको छ । त्यसको पनि नेपाली भाषामा कमेन्ट्री भइरहेको छ । देशका सहरी क्षेत्रमा भन्दा पनि ग्रामिण भेगमा भने नेपाली कमेन्ट्री मन पराइएको डिस मिडिया नेटवर्क प्रालीका महाप्रबन्धक रमेश सापकोटा बताउँछन् । उनका अनुसार नेपाली कमेन्ट्री रुचाउनेको संख्या बढी छ ।

‘हामीले आफ्नो फेसबुक पेसमार्फत एउटा सर्वेक्षण गरेका थियौं । त्यसमा ६० प्रतिशतले नेपाली कमेन्ट्री मन पराउनु भएको प्रतिक्रिया पाएका छौं,’ सापकोटाले भने, ‘त्यसले हामीलाई उत्साहित बनाएको छ । आउने दिनमा ठूला प्रतियोगितामा यसरी नै नेपाली कमेन्ट्री गर्ने योजनामा छौं ।’

सिम र प्रभु टिभीलाई पनि डिसहोमले आफ्नो बनाइसकेको छ । त्यसपछि डिसहोमका आफ्नै ग्राहकसंख्या झन्डै २५ लाख रहेको सापकोटाले जानकारी दिए । त्यसबाहेक एक्सन स्पोर्टस अधिकांश अन्य पे टिभीले प्रसारण गरिरहेका छन् । आफ्ना र अन्य पे टिभीमा गरि भन्डै ३५ लाख ग्राहककोमा एक्सन स्पोर्टस् हेर्ने सकिने सापकोटाले बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्नका लागि र स्थानिय खेललाई पनि दर्शकमाझ पुर्याउनका लागि एक्सन स्पोर्टस् च्यानल सुरु गरेको जनाउँदै सापकोटाले भने, ‘हामीले अझ धेरै गर्न बाँकी छ । जे गर्दै छौं यो सुरुवात हो । आउने दिनमा यसलाई अझै विस्तार गर्दै लानेछौं ।’

युरोमा नेपाली कमेन्ट्रीलाई विकल्पका रुपमा प्रयोग गरिएको पनि सापकोटाले बताए । सबैले इंग्लिस कमेन्ट्री बुझ्नु हुन्छ भन्ने छैन, उनले भने, ‘त्यसले हामीले भाषा रोज्न पाउने विकल्प राखेका छौं । नेपाल र अग्रेजी मध्ये जुन आफुलाई सहज र सुन्न मन पर्छ दर्शकले त्यसमै सुन्न सक्नुहुन्छ ।’ युरो कप सिंगापुरबाट फिड लिएर प्रसारण गरिएकोले डिस होम र अन्य प्रसारणमा १२ सेकेण्डको अन्तर रहेको छ । उनले भने, ‘प्रत्यक्ष प्रसारणमा हामी १२ सेकेण्डले अगाडि छौं ।’

इटालीको बलियो सम्भावना

डिस मिडिया नेटवर्क प्रालीका महाप्रबन्धक सापकोटा आफैं पनि फुटबलका कट्टर समर्थक हुन् । नेपालपछि उनको दोस्रो रोजाई इटाली हो । सन् १९९४ देखि नै उनी इटालीका समर्थक हुन् । रोबोटो बाजियोकै कारण उनी इटालीलाई समर्थन गर्दै आएका छन् । इटालीमाथि रक्षात्मक फुटबल खेल्ने आरोप लाग्ने गरेको सापकोटालाई पनि थाहा छ ।

सापकोटा यसपटक भने इटाली फरक ढंगले प्रस्तुत भएको बताउँछन् । ‘रक्षात्मक मात्र खेल्छ भन्ने इटाली यसपटक फरक ढंगले प्रस्तुत भएको छ,’ उनले भने, ‘अहिले एट्याकिङमा पनि उत्कृष्ट देखिएको छ । लगातार दुई खेल ३–० ले जित्नु त्यसकै प्रमाण हो । रक्षापक्तिमा त उत्कृष्ट थियो नै अब आक्रमणमा पनि उत्कृष्ट हुने क्रममा छ । इटालीको अर्को बलियो पक्ष भनेको अनुभवी प्रशिक्षक र युवा खेलाडीको बाहुल्यता हो । रक्षात्मक मात्र खेल्छ भन्नेलाई आलोचकलाई इटालीले राम्रै जवाफ दिएको छ ।’

प्रिमियर लिग पछ्याउने कारणले इटालीपछि उनलाई मनपर्ने टोली इंग्ल्यान्ड हो । ‘टिभीमा देखिराखेका खेलाडी हुँदा पनि सद्भाव हुँदो रहेछ’, सापकोटा भन्छन्, ‘ह्यारी केनको कप्तानीमा इग्ल्यान्डले पछि केहि वर्षयता राम्रो खेलिरहेको छ । इटालीले यसपटक युरो कप उचाल्नेमा आशावादी सापकोटा फ्रान्स र बेल्जियमलाई पनि बलियो दाबेदार मान्छन् ।

‘फ्रान्स विश्व कप विजेता टोली हो । जहिले पनि दाबेदारका रुपमा रहेको छ । उसका खेलाडी पनि एक सय एक छन् । इटाली नहुँदा विश्वकपमा फ्रान्सलाई नै समर्थन गरेर हरेको थिए ,’ उनले भने, ‘यसपटकको युरो पनि निकै रोचक हुने समूह चरणले नै देखाइसकेको छ ।’

बेल्जियमलाई उनी उत्कृष्ट फुटबल खेल्ने टोलीका रुपमा बुझ्छन् । ‘बेल्जियम राम्रो खेल्ने टोली हो, तर दुर्भाग्य त्यो अनुसारको सफलता प्राप्त गर्न सकिरहेको छैन,’ सापकोटाले अनुमान लगाए, ‘यसपटक पनि निकै अगाडि सम्म पुग्ने सम्भावना देखिन्छ । तर त्यसका लागि टोलीले आफ्नो लयलाई यथावत राख्नुपर्ने हुन्छ ।’

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.