default_image

3 years ago

June 21, 2021

सदस्य सचिव र सदस्यहरुबीच राखेपमै चर्काचर्की

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ बोर्ड पछिल्लो पटक गठन भएको वर्ष दिन पनि पुगेको छैन । यसबीचमा एकपटक पनि बोर्ड बैठक बस्न नसकेको अवस्थामा नेतृत्वका पदाधिकारीबीच एक आपसमा खिचातानी भने सुरु भइसकेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि राखेपमा सदस्य सचिव देखि सदस्यहरुको नियुक्ती भएको थियो । राखेप बोर्ड ३७ सदस्य रहेको छ । पदेनहरुको पत्र राखेपलाई प्राप्त हुन बाँकी भएपनि नियुक्तीहरु गत वर्ष नै भइसकेका हुन् । बोर्ड गठन भएपछि अहिले पनि बैठक बस्न सकेको छैन । वर्षमा दुई पटक बोर्ड बैठक बस्ने ऐनमा उल्लेख छ ।

कोभिड १९ का कारण सबै क्षेत्र जस्तै खेल क्षेत्र पनि प्रभावित छ । शून्य प्राय खेलकुदमा राखेपको नेतृत्व पनि अलमलमा देखिन्छ । राखेपका सदस्य सचिवमा दोस्रो पटक रमेशकुमार सिलवाल नियुक्त भएका थिए । कार्यकारी प्रमुख भएका कारण राखेपमा बढी जिम्मेवारी हुनु स्वभाविक पनि हो । तर उनकै कार्यशैली बोर्डका सबै सदस्यलाई चित्त नबुझेको खेलकुदमा चर्चा चल्ने गरेको थियो । सदस्यहरुले सिलवालको कार्यशैली मन नपराएको बुझ्न कठिन छैन । केहि सदस्यले सार्वजनिक रुपमै सदस्य सचिवको आलोचना गरेको देखिन्छ ।

तर, राखेपमा सोमबार फरक दृश्य देखियो । सदस्य सचिव सिलवालसँग जम्काभेट हुँदा राखेप सदस्यद्वय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठले उनको कार्यशैलीको विरोध गर्दा चर्काचर्की भएको थियो । राखेप कार्यकारी समितिका सचिव समेत रहेका प्रशासकिय प्रमुख कुलबहादुर थापाको कोठामा उनीहरु विवाद भएको थियो । खास गरि सदस्यहरुले सिलवालको कार्यशैलीको आलोचना गरेका थिए ।

संयोगवश भएको भेटमा एकै पटक सदस्यहरुले सिलवालसँग विभिन्न विषयमा असन्तुष्टी पाखेको एक प्रत्यक्षदर्शी राखेप कर्मचारीले बताए । प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘उहाँहरुको भनाई हामीलाई नसोधी मनलागी काम गर्नुहुन्छ । बोर्ड बैठक नराखी मनलाग्दी ढंगले चल्नु भएको आरोप लगाउनु भयो ।’ जवाफमा सदस्य सचिवले कार्यकारी प्रमुख नै म हुँ त कसलाई सोध्नु भन्दै जवाफ फर्काएका थिए ।

राखेपकै अर्का सदस्य सुवर्ण श्रेष्ठको नेतृत्वमा काठमाडौं उपत्यकाका तीन जिल्लाको राखेपको भौतिक पूर्वाधार उपयोगको निर्देशिका तयार पार्नका लागि जिम्मा दिएकोमा पनि सदस्यहरुले असन्तुष्टी पोखेका थिए । केहि सदस्यहरुलाई मात्र आफू खुसी जिम्मेवारी दिएकोमा उनीहरुले आक्रोश पोखेका थिए । प्रत्यक्षदर्शीका अनुसार त्यसको जवाफमा सदस्य सचिव सिलवालले सबै सदस्यहरुलाई जिम्मेवारी दिने योजनामा रहेको सुनाएका थिए ।

सदस्य सचिव सिलवाल आफ्नो कार्यकक्षमा जानुअघि थापाको कार्यकक्षमा पसेका थिए । दिउँसो १२ बजेको आसपासमा सिलवाल पुगेको केहि समयमा नै दुई सदस्य थापाको कार्यकक्ष पुगेका थिए । उनीहरु त्यहाँ सदस्य सचिव छन् भनेर नभई थापासँग खेलाडीहरुको सुची लिन पुगेका थिए । त्यहि क्रममा सदस्य सचिवसँग उनीहरुको विवाद भएको थियो ।

सदस्य सुवास श्रेष्ठले चर्काचर्की परेको स्वीकार गरे । ‘नेपाल खेलकुद महासंघले खेलाडी, प्रशिक्षकलगायत कोभिडको खोप लगाउने पहल गर्ने निर्णय गरेपछि हामी त्यसमै सक्रिय भएका थियौं । स्वास्थ्य मन्त्रीको तोक लगाएर ५ हजार खोप माग गरेका थियौं । तर सम्बन्धित निकायबाट अहिले त्यति ठूलो संख्यामा दिन नसकिने र बन्द प्रशिक्षणमा रहेका टोलीलाई अति आवश्यक हुनु ३ देखि ४ सयलाई खोप दिन सक्ने जवाफ पाएका थियौं,’ श्रेष्ठले भने,’ त्यसैको सिलसिलामा कुलबहादुर थापासँग खेलाडीहरुको सुची मागेका थियौं । त्यहि लिन जाँदा सदस्य सचिवसँग भेट भएको र विवाद भएको हो ।’

‘हामी उहाँको कार्यशैली प्रति कत्ति पनि सन्तुष्ट छैनौं । राखेपको कामका बारेमा हामीसँग पनि प्रश्न सोधिन्छ । तर हामीलाई केहि जानकारी नभई धेरै काम हुने गरेका छन् । त्यसका लागि तपाई आफ्नो खुसीले चल्नु हुन्छ भन्नेमा नै हाम्रो आपत्ती थियो,’ श्रेष्ठले अगाडि भने, ‘तर उहाँले मेरो खुसी हो भन्ने अर्थमा जवाफ दिनुभयो । मुख छाड्न थाल्नुभयो । त्यसपछि केहि विवाद भएको हो ।’

खेलकुदमा सदस्य सचिव सिलवालले मनलाग्दी गरेको आरोप श्रेष्ठले लगाए । ‘मुलपानीको मैदानका लागि छुट्टाईको १ करोडको कामका लागि उहाँले २८ करोडको टेण्डर निकाल्नु भयो । ४ अर्बको लागत अनुमान गरिएको दमक रंगशालालाई बजेट छुटइएको छैन । तै पनि टेण्डर आव्हान गरेर प्रक्रिया अघि बढाउनुभयो,’ उनले भने, ‘सर्वोच्चले लकडाउन अवधिमा काम अघि नबढाउनु भनेपछि रोकिएको छ । कसैसँग सल्लाह नगरी मनलाग्दी ढंगले चलेपछि त्यसमा हाम्रो असहमति छ ।’

अर्का सदस्य सुवर्ण श्रेष्ठ र गण्डकी प्रदेशको ११ जिल्लाको भौतिक पूर्वाधार हेर्ने जिम्मेवारी अर्का सदस्य राजेश गुरुङलाई दिएकोमा पनि कसैसँग सल्लाह नगरिएको श्रेष्ठको आरोप थियो । राखेपमा आइसोलेसन स्थापना गराउनका लागि गरिएको आग्रहमा पनि सिलवालले चासो नदिएको आरोप लगाउँदै नेपाल ब्याडमिन्टन संघ तथा खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘कोडिभका कारण खेलकुदका १७ जनाले ज्यान गुमाइसकेका छन् । उहाँलाई केहि मतलब छैन । पार्टीका हिसाबले हामी एउटै हौ । तर काम एकलौटी गर्नुभएको छ । त्यो हामीलाई मान्य हुँदैन । १३ औं सागमा पनि एकलौटी हिसाबले काम गर्नुभयो ।’

सदस्य सचिव सिलवालले गरेका कुनै पनि निर्णय आफूहरुलाई मान्य नहुने भन्दै श्रेष्ठले कुनै हालममा सम्झौता नहुने पनि बताए । ‘हामी खेलकुदलाई केहि राम्रो गर्न सकिन्छ कि भनेर आएका हौ । तर यहाँ त्यस्तो अवस्था छैन,’ उनले भने, हामी उहाँलाई यसै छाड्दैनौ । वार पार गरेर छाड्छौं । हामी आफ्नो पदको लोभ गरेर चुप बस्नेवाला छैनौं ।’

घटनाका बारेमा बुझ्न सदस्य सचिव सिलवालसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । ऐनको व्यवस्था अनुसार राखेप बोर्डका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीले बोर्ड बैठक बोलाउनुपर्नेछ ।

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

Success

Thank you for your time.