default_image

4 years ago

July 4, 2021

डिशहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा पनि

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– डिश होम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । केहि अघिबाट डिशहोम फाइबरनेट सेवा पनि सुरु भइसकेको छ । अहिले डिशहोम फाइबरनेट बुटवल र बर्दिवासमा पनि विस्तार गरेको छ ।

कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको डिशहोमले जनाएको छ ।

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुने बताइएको छ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानीट्याङ्की, लालगढ सुनौलो बस्ती, ललगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको जनाएको छ ।

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै शहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीब्र बनाउने जानकारी दिएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.