4 years ago
August 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई र २०६३ मा सईमा बढुवा भएकी थिइन् । जुडोकी प्रशिक्षक तथा रेफ्री समेत रहेकी थापाले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक जितेकी थिइन् ।
१० औं सागमा रजत पदक जितेपछि उनी असईमा बढुवा भएकी थिइन् । जुम्लामा जन्मेकी थापाले २०५२ मा जुडो खेलाडीका रुपमा खेल जीवन अघि बढाएकी थिइन् । खेल र प्रहरी जीवनसँगै अघि बढेकोमा गर्व महसुस भएको जनाउँदै उनले भनिन्, ‘आज खेलकै कारण यहाँ छु । जवानबाट प्रवेश गरेर इन्स्पेक्टर हुन्छु भन्ने कल्पना पनि गरेको थिइन् । खेलाडी भएकै कारण यो सम्भव भएको हो । फर्केर हेर्दा पछुताउनु पर्ने केहि छैन ।’

पुलिसको टोलीलाई निरन्तर प्रशिक्षण दिँदै आएकी थापा २ सन्तानकी आमा हुन् । थापाले सन् २००८ को बेजिङमा खेलाडीका रुपमा सहभागिता जनाएकी थिइन् । त्यस्तै उनले साग, एसियाली खेलकुद र ओलम्पिकमा जुडो खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]