default_image

4 years ago

September 17, 2021

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा बिहीबार सुरु भएको प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उद्घाटनका क्रममा सिलवालले नवौ राष्ट्रिय खेलकुद फागुन ६ देखि १६ गते सम्म आयोजना गर्ने गरि आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन् ।

नवौं गण्डकी प्रदेशले आयोजना गर्दैछ । लुम्बिनी प्रदेशमा २०७५/७६ मा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दौरान गण्डकीले आयोजनाको झण्डा ग्रहण गरेको थियो । कोरोना संक्रमणका कारण निर्धारित समय भन्दा एक वर्ष ढिला नवौं आयोजना हुने सम्भावना देखिएको छ । यसअघि २०७७ फागुृन २० देखि २७ गते सम्म आयोजनाको घोषणा भएको थियो ।

यद्दपी नवौं आयोजनाको औपचारिक निर्णय भने भएको छैन । युवा तथा खेलकुद मन्त्री नभएका कारण पछिल्लो राखेपको बोर्ड गठन भएयता बैठक बस्न सकेको छैन । राखेप सदस्य सिलवालले पूर्वाधारका कारण नवौं नरोकिने यसअघि पटक पटक बताइसकेका छन् । गण्डकीमा पौडी र सुटिङ रेन्जबाहेक अन्य खेलका लागि पूर्वाधार रहेको बताइएको छ ।

गत वर्ष नवौंका विषयमा आयोजना गरिएको अन्तरक्रियामा सिलवालले स्थानिय तहमा खेलाडी छनोटको लागि १५ दिन, जिल्लामा १ महिना र प्रदेशमा १ महिनाको खेलाडी छनोटका लागि समय लाग्ने बताएका थिए । ३ महिनाको तयारीमा राष्ट्रिय खेलकुद गर्न सकिने उनले दाबी गर्दै आएका छन् । देशको बृहत खेल मेला २०३८ सालमा हरेक दुई वर्षमा आयोजना गर्नेगरी सुरुवात भएको थियो । तर पूर्वाधार अभाव र प्रर्याप्त तयारी अभावमा बृहत राष्ट्रिय खेलकुद आयोजनाको चारदशक नाघिसक्दा अहिलेसम्म आठ संस्करण मात्र भएको छ ।

काठमाडौंबाट सुरु भएको राष्ट्रिय खेलकुदको आयोजना दोस्रो संस्करण (२०४०) पोखरा, तेस्रो वीरगन्ज (२०४२), चौथो नेपालगन्ज (२०५५), पाँचौं (काठमाडौं (२०६५), छैटौं धनगढी (२०६८), सातौं पूर्वाञ्चल (२०७३) र आठौं लुम्बनी प्रदेश (२०७५/७६) मा आयोजना भएको थियो । पहिलो तीन संस्करणपछि राष्ट्रिय खेलकुद २ वर्षको अन्तरमा हुन सकेको छैन ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.