default_image

4 years ago

September 20, 2021

केल्मीको सामाग्री नक्कल गर्नेलाई चेतावनी

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वको प्रशिद्ध खेलकुद सामाग्री उत्पादक कम्पनी केल्मीको नेपाल स्थित एक मात्र आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा. लि. ले कम्पनीको सामाग्री नक्कली उत्पादन तथा अनाधिकृत विक्री वितरण गर्नेलाई कारवाहीको चेतावनी दिएको छ ।

कामारुले एक प्रेस विज्ञप्ति जारी गर्दै हाल नेपालमा नै अनाधिकृत रुपमा उत्पादन गरिएका, विदेशमा उत्पादन गरि नेपालमा विक्री वितरण गरिएका तथा विदेशबाट कच्चा पदार्थ झिकाई नेपालमा तयार गरिएका केल्मीका विभिन्न नक्कली उत्पादनहरु विभिन्न व्यक्ति, संस्था, कम्पनी तथा निकायले नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको भेटिएको जनाएको छ । यस अनाधिकृत कार्यले अन्तर्राष्ट्रिय ब्रान्डको छविमा गम्भीर असर पुगेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन भएको उल्लेख गरेको छ ।

कम्पनीले केल्मीका विभिन्न उत्पादनहरु कामारुबाहेक अन्य कुनै व्यक्ति, कम्पनी, संस्था वा निकायले अनाधिकृत रुपमा विक्री वितरण तथा उत्पादन गरेमा, गर्न लगाएमा वा गरेको पाइएमा नेपालको संविधान, पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२, मुलुकी अपराध संहिता ऐन २०७४ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून बमोजिम हदै सम्मको कडा भन्दा कडा कारवाही जानकारी समेत गराएको छ ।

नेपालभर रहेका केल्मीका अधिकारिक शोरुम र विक्रेताबाट मात्र सामाग्री खरिद गर्न उपभोक्तालाई कामारुले अनुरोध गरेको छ ।

केल्मीले पछिल्लो समय विश्व खेलकुदमा आफ्नो बजार विस्तार गर्दै गएको छ । नेपालमा राष्ट्रिय फुटबल टोलीको प्रायोजनसँगै प्रवेश गरेको केल्मीले अहिले नेपालका तीनै विभागीय टोलीसँगै कराते र तेक्वान्दोको राष्ट्रिय टोलीलाई पनि प्रायोजन गरेको छ । गत साता मात्र ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) सँग केल्मीले ४ वर्षका लागि सम्झौता गरेको थियो ।

केल्मीले इंग्लिस प्रिमियर लिगको वाटफर्ड तथा स्पेनिस लिगमा पनि अलाभेस, एस्पान्योल लगायत टोलीलाई प्रायोजन गरेको छ । गत महिना मात्र एसियाली फुटबल महासंघसँग केल्मीले सन् २०२४ सम्मका लागि सम्झौता गरेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.