default_image

2 years ago

October 28, 2021

सिन्धुपाल्चोक पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनको अन्त्यतिर सिन्धुपाल्चोक पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथ्लेटिक्स संघको समन्वयमा कात्तिक २७ गते मा आयोजना हुने भएको छ । पाँचपोखरी देखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको दुरीमा पाँचपोखरी विन्टर […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनको अन्त्यतिर सिन्धुपाल्चोक पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथ्लेटिक्स संघको समन्वयमा कात्तिक २७ गते मा आयोजना हुने भएको छ ।

पाँचपोखरी देखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको दुरीमा पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन हुनेछ । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा बिहीबार आयोजित पत्रकार सम्मेलानमा जानकारी दिइयो । महिला र पुरुषतर्फको विजेताले समान ५० हजार, दोस्रो हुनेले ३० हजार,तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिन्धुपाल्चोक जिल्लाका सहभागी हुने खेलाडीमध्येबाट प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । भेट्रान्सतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागी हुन प्रवेश शुल्क ३ हजार ५ सय, सिन्धुपाल्चोकतर्फबाट २ हजार ५ सय र विदेशी खेलाडीले ८० डलर तिनुपर्ने हुन्छ । प्रवेश शुल्कमा भने केहि हेरफेर हुन सक्ने आयोजकले जनाएको छ । म्याराथनमा सहभागी हुने सम्पूर्ण खेलाडीको खाना र बस्ने सबै सुविधा आयोजकले बेहोर्ने जनाएको छ ।

प्रतियोगिता आयोजनाका लागि झण्डै साढे २१ लाख खर्च हुने अनुमान गरिएको छ । तीन विभागीय टोलीसहित व्यक्तिगत रुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष टासी शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.