default_image

4 years ago

November 1, 2021

सागका दोहोरो स्वर्ण विजेता सुवास र युवराज दुबई जान पाएनन्

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– समयमा दुबईको भिसा नपाएपछि दुई नेपाली गल्फरले बुधबारदेखि सुरु हुने एसियन प्यासिफक एमेच्योर गल्फ च्याम्पियनसिपमा भाग लिन नपाउने भएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेल आइतबार दुबईतर्फ जाने हवाई टिकट थियो । तर त्यो समय सम्म उनीहरुले भिसा पाएनन् । पछि भिसा प्राप्त भएपछि नेपाल गल्फ संघले दुबई जानका लागि अर्को टिकट मिलाएको थियो । तर एसिया प्यासिफिक गल्फ संघले निर्धारित समयमा खेलाडी पुग्न नसकेका कारण प्रतियोगितामा सहभागी गराउन नसक्ने जवाफ दिएको संघले जनाएको छ ।

कोरोनाका कारण तोकिएको मापदण्डका कारण अब नेपाली खेलाडीलाई सहभागी गराउन नसकिने एसिया प्यासिफिकले जनाएको बताइउको छ । गल्फ संघका अध्यक्ष आयोजकले नै खेलाडीको भिसा, टिकटलगायतका व्यवस्थापनको जिम्मा लिएपनि समयमा हुन नसकेकोमा दुःख लागेको बताएका छन् ।
एसिया प्यासिफिक गल्फको निमन्त्रणामा सुवास र युवराज त्यसतर्फ जाने भएपछि संघले शनिबार नै विदाई गरेको थियो । कात्तिक १५ र १६ मा अभ्यास गरेपछि उनीहरुले कात्तिक १७ गते प्रतियोगितामा लिने कार्यक्रम तय थियो । सन् २०१० देखि नै नेपाली खेलाडीले एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिदै आइरहेका छन् ।

गत वर्ष भने कोभिडका कारण च्याम्पियनसिप हुन नसकेको बताइएको छ । यसपटक भने अन्तिम समयमा सुवास र युवराजले अवसर गुमाएका छन् । सुवास एमेच्योरतर्फको विश्व वरियतामा ३ सय एकौं स्थानमा छन् । युवराज भने ३ हजार ८ सय ५८ औं स्थानमा रहेका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.