default_image

2 years ago

December 26, 2021

सुर्य नेपाल इस्टर्न ओपन भोलीदेखि

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय […]

100 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय शुक्र बहादुर राई र बलभद्र राईलाई, संजय लामा र जारी सिजनको पहिलो प्रतियोगिताका विजेता जयराम श्रेष्ठले बलियो दाबेदारी प्रस्तुत गर्ने आँकलन गरिएको छ ।

३५ व्यवसायिक खेलाडीलाई १३ औं सागका दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुबास तामाङले चुनौती दिन सक्छन् । यो पटक सुबाससँगै अर्का युवा एमेच्योर गल्फर सद्भाव आचार्य पनि खेल्दैछन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो दिनसम्म ३६ होलको खेल पछि अन्तिम दिन कट हुनेछ । टप २१ प्रो र ६ एमेच्योरले कट बनाउने नियम रहेको छ।

सहभागी ३५ प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

Success

Thank you for your time.