default_image

2 years ago

January 11, 2022

सेन्ट्रल ओपन : शुक्रलाई अग्रता, सुभाषको होल इन वन

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबहादुर राईले सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिँदा सुभाष तामाङले होल इन वन प्रहार गरेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको तेस्रो टुरमा उनले दोस्रो स्थानका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गरेका हुन् । […]

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबहादुर राईले सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिँदा सुभाष तामाङले होल इन वन प्रहार गरेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको तेस्रो टुरमा उनले दोस्रो स्थानका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गरेका हुन् । दोस्रो स्थानमा रामे मगर ३ अन्डर ६९ स्कोर जोडेका छन् । त्यस्तै तेस्रो स्थानमा स्थानीय प्रो भुवन नगरकोटी र १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ २ अन्डर ७० स्कोरमा छन् । रवि खड्काले १ अन्डर ७१ स्कोर जोड्दा निरज तामाङ इभन पार ७२ खेल्दै छैटौं स्थानमा छन् ।

यस्तै पहिलो दिन एमेच्योर सुभाषले होल इन वन प्रहार गरे । उनले ब्याक नाइनको १६ औं होलमा होल इन वन गर्दै स्कोर सुधार गरेका हुन् । त्यसअघि १४ औं होलमा त्रिपल बोगी ओभर पार खेलिरहेका उनले अन्तिम तीन होलको प्रदर्शनले अन्डर पार प्रदर्शन गरेका हुन् ।

प्रतियोगितामा ३९ व्यावसायिक र १९ एमेच्योर गल्फरको सहभागिता छ । कुल ७ लाख ७५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछन् । दोस्रो चरणमा स्थान बनाउने २१ व्यावसायिक गल्फरले नगद पुरस्कार जित्नेछन् ।

Success

Thank you for your time.