default_image

2 years ago

April 9, 2022

महेन्द्रलाई इन्डियन एम्बेसडर गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र मैनालीले गोकर्ण गल्फ क्लबमा शनिबार भएको भारतीय राजदूत आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । १२ ह्यान्डीक्यापमा खेलेका महेन्द्रले प्रतिष्ठित ट्रफी सहित क्यालावेको एपिक फ्लास ड्राइभर जित्नको लागि ४१ स्टेबलफर्ड अंक अंक बनाए । १५ वर्षिय सद्भाव आचार्यले ३८ ग्रस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जिते । उनको कार्डमा सातौं, […]

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र मैनालीले गोकर्ण गल्फ क्लबमा शनिबार भएको भारतीय राजदूत आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

१२ ह्यान्डीक्यापमा खेलेका महेन्द्रले प्रतिष्ठित ट्रफी सहित क्यालावेको एपिक फ्लास ड्राइभर जित्नको लागि ४१ स्टेबलफर्ड अंक अंक बनाए । १५ वर्षिय सद्भाव आचार्यले ३८ ग्रस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जिते । उनको कार्डमा सातौं, १२ औं, १३ औं र १६ औं होलसहित ४ बर्डी प्रहार गर्दा १५ औं होलमा डबल-बोगी खेपेका थिए । सद्भावले ट्रफीसहित क्यालावे बाइ बर्था हाइब्रिड पुरस्कार पाए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे उपविजेता बने । उनले समान अंक जोडेका प्रदीपकुमार श्रेष्ठ र मेजर जनरल महेश विक्रम कार्कीलाई काउन्ट ब्याकमा पछि पारे । ब्याक नाइनमा प्रदीपले १५ र महेशले १४ अंक जोड्दा सुहृदले २२ अंक जोडेका थिए । उनले ट्रफी र क्यालावे एपिक फ्लास ३ वुड पुरस्कार प्राप्त गरे ।

महिलातर्फ ३७ अंक जोड्दै कश्मिरा शाहले ट्रफी र कालावे एपिक फ्ल्यास ३ वुड जितिन् । रेखा घिमिरे ३३ अंकका साथ उपविजेता भइन् । प्रदीपकुमार श्रेष्ठले ३६ अंक जोड्दै सिनियर विनर (६० वर्षभन्दा माथि)को उपाधि हात पारे । उनले ट्रफी र ओडिसी पुटर पाए। आइस्टिना टण्डनले २७ अंक जोड्दै जुनियर विजेताको उपाधि र बिग बर्था हाइब्रिड हात पारिन् ।

विजय श्रेष्ठ इनहाउसले सबैभन्दा धेरै बर्डी, पूर्णबहादुर राईले क्लोजेस्ट टु द पिन (पिनको सबैभन्द नजिक) तथा दावा जे शेर्पाले लंगेस्ट ड्राइभ (सबैभन्दा लामो ड्राइभ) को अवार्ड पाए । मेजर जनरल महेश विक्रम कार्कीले २३ अंकका साथ उत्कृष्ट फ्रन्ट नाइन र वाङ्चेन धोन्डुपले १८ अंकका साथ उत्कृष्ट ब्याक नाइनको अवार्ड पाए । चार्ली गुरुङले १३ पार स्कोरका साथ सर्वाधिक पारको अवार्ड पाए ।

नेपालस्थित भारतीय दूतावासको आयोजनामा ​​दुई दिनसम्म चलेको प्रतियोगितामा ८२ गल्फरको सहभागिता रहेको थियो ।प्रतियोगिता स्टेबलफोर्ड फर्म्याटमा ३/४ ह्याण्डिक्याप सहित खेलाइएको थियो ।

प्रतियोगिताका विजेता गल्फरहरुलाई नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्रा, भारतीय दूतावासका डिफेन्स अट्याची कर्नेल अमितकुमार शर्मा, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, क्याप्टेन जोसेफ नाथन र नेपाल एसबिआई बैंकका सीईओ तथा एमडी दीपक कुमार डे र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको प्रायोजकमा नेपाल एसबीआइ बैंक, महिन्द्रा, आइएसएमइ प्रा. लि., टाटा मोटर्स, डाबर र पेर्नोड रिकार्ड थिए।

Success

Thank you for your time.