default_image

7 years ago

December 24, 2016

प्रकाशले जिते लायन्स सेन्टिनियल ओपन गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश बनले लायन्स सेन्टिनियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६७ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । स्टेबलफोर्ड ३/४ ह्यान्डी क्याप विधामा सञ्चालित प्रतियोगितामा प्रकाशले ३७ अंक बनाएका थिए । उपाधिसँगै उनले काठमाडौं बैंकक काठमाडौंको हवाई टिकट, गल्फ […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश बनले लायन्स सेन्टिनियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६७ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् ।

golf

स्टेबलफोर्ड ३/४ ह्यान्डी क्याप विधामा सञ्चालित प्रतियोगितामा प्रकाशले ३७ अंक बनाएका थिए । उपाधिसँगै उनले काठमाडौं बैंकक काठमाडौंको हवाई टिकट, गल्फ सेट र आर्कषक उपहार पुरस्कार जिते ।

प्रकाशभन्दा एक अंकले पछि परेका ध्रुव थापा दोस्रो भए । ध्रुवले ३६ अंक बनाएका थिए । यसैगरी ग्रोसतर्फको उपाधि फुन्सोक निमा लामाले जिते । लामाले २८ अंक जोड्दै काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् । उपाधिसँगै उनले काठमाडौं दिल्ली काठमाडौंको हवाई टिकट र आर्कषक उपहार पुरस्कार पाए ।
महिलातर्फ प्रतिमा सेर्पा च्याम्पियन भईन् । प्रतिमाले ४१ अंक बनाएकी थिईन् । उपाधिसहित उनले पनि काठमाडौं दिल्ली काठमाडौंको हवाई टिकट सहित आकर्षक उपहार प्राप्त गरिन् । ३२ अंक जोडेकी प्रवित्रा याक्थुम्बा दोस्रो भईन् ।

सिनियर (६० बर्षमाथि) तर्फ शशि सिंह पहिलो भए । शशिले ३३ अंक बनाएका थिए । सुपर सिनियर (७०बर्षमाथि) को उपाधि नरेन्द्र कुमार राईले जिते । उनले पनि ३३ अंक बनाएका थिए । पाहुना गल्फरको उपाधि रविन्द्र तिवारीले जिते । रविन्द्रले ३३ अंक बनाएका थिए । मोस्ट बर्डीको पुरस्कार प्रतिमा शेर्पाकै नाममा रह्यो । प्रतिमाले पाँच बर्डी हानेकी थिईन् ।

११ औं होलमा राखिएको क्लोजेस्ट टु द पिनको पुरस्कार फुन्सोक निमा लामाको नाममा रह्यो । १२ औं होलमा राखिएको लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक शमसेर राणाले जिते । वेस्ट स्र्पोट्स म्यानसिपको पुरस्कार सोफी हामोदले हात पारे । लायन्स क्लब एक सय बर्ष पुगेको अवसरमा आयोजित प्रतियोगितामा एक सय चार खेलाडीले भाग लिएका थिए । विजेतालाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, लायन्स क्लबका पदाधिकारी लगायतले पुरस्कार प्रदान गरे ।

Success

Thank you for your time.