default_image

1 year ago

November 7, 2022

अनिल र गीता बने क्याडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आरएनजीसी वार्षिक क्याडी गल्फ च्याम्पियनसिपको उपाधि अनिल तामाङ र गीता तामाङले जितेका छन् । सोमबार रोयल नेपाल गल्फ क्लबमा भएको २७ होलको प्रतिस्पर्धामा ८ ओभर १ सय १० को स्कोरसहित सुरेश तामाङलाई एक स्ट्रोकले हराउँदै अनिलले उपाधि जिते । उनले फ्रन्ट नाइन ४-ओभर ३८, ब्याक नाइन २-ओभर ३६ मा सकाए । […]

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरएनजीसी वार्षिक क्याडी गल्फ च्याम्पियनसिपको उपाधि अनिल तामाङ र गीता तामाङले जितेका छन् ।

सोमबार रोयल नेपाल गल्फ क्लबमा भएको २७ होलको प्रतिस्पर्धामा ८ ओभर १ सय १० को स्कोरसहित सुरेश तामाङलाई एक स्ट्रोकले हराउँदै अनिलले उपाधि जिते । उनले फ्रन्ट नाइन ४-ओभर ३८, ब्याक नाइन २-ओभर ३६ मा सकाए । यसपछि अन्तिम नौ होलको खेल पनि २-ओभर ३६ मा पुरा गरे । उनले उपाधि सहित नगद २० हजार र गल्फ सेट प्राप्त गरे ।

दोस्रो भएका सुरेशले पहिलो १८ होलको खेलमा अनिलले जस्तै ६-ओभर ७४ मा सकाएर कडा चुनौती दिएका थिए। तर अन्तिम ९ होलमा उनी चुके । अनिलले १९ औं होलमा डबल बोगी खेपे। यसपछि बाँकी होलमा पार बचाए । तर सुरेशले भने १९औं, २०औं र २१औं होलमा एक-एक सट खेर फाल्दा ९-ओभर १ सय ११ सहित दोस्रो स्थानमा चित्त बुझाए । उनले १५ हजार प्राप्त गरे ।

१ सय १५ स्कोर बनाएका दिपेश श्रेष्ठ तेस्रो, १ सय १७ स्कोर सहित कृष्ण नेपाल चौंथो हुँदा १ सय १९ सहित जीवन थापा र विदुर तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । उनीहरुले क्रमशः १२ हजार, १० हजार र ८ हजार ७५० नगद प्राप्त गरे ।

महिलातर्फ गीता तामाङले उपाधि जितिन् । उनले २२-ओभर ९० को स्कोरमा कविता महर्जनलाई ११ स्ट्रोकले हराइन् । उनले १० हजार पुरस्कार हात पारिन् । १ सय १ को स्कोरमा कविता दोस्रो र १ सय २ स्कोर जोडेकी पार्वती सुबेदी तेस्रो भए ।

प्रतियोगितामा पुरुषतर्फ २३ र महिलातर्फ ७ गरी ३० जनाको सहभागिता रहेको थियो । विजेता खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, उपाध्यक्ष एन के राई, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएशनका अध्यक्ष रविन्द्र मान श्रेष्ठ, महासचिव दिपक आचार्य, सल्लाहकार घनश्याम थापा, र सिनियर गल्फर गीता गुरुङ्गले पुरस्कार प्रदान गरे ।

Success

Thank you for your time.