default_image

3 years ago

April 2, 2021

विद्यालयस्तरमा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक विद्यालय स्तरमा गल्फ प्रतियोगिताको सुरुवात हुने भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फ प्रतियोगिता सुरु गरेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएकोमा गल्फलाई पनि प्राथमिकतामा राखिएको हो । यसैको निरन्तरता र विकासको सिलसिलामा ‘स्वस्थ जीवनको लागि खेलकुद […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक विद्यालय स्तरमा गल्फ प्रतियोगिताको सुरुवात हुने भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फ प्रतियोगिता सुरु गरेको छ ।

विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएकोमा गल्फलाई पनि प्राथमिकतामा राखिएको हो । यसैको निरन्तरता र विकासको सिलसिलामा ‘स्वस्थ जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर’ मध्यनजर गर्दै विद्यालयले खेलकुदलाई पनि जोड दिएको छ ।

विद्यालयले स्विमिङ, हकी, क्रिकेट, फूटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरु विगत वर्षहरुदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको हो । गल्फको प्रारम्भ गर्दै उद्घाटनमा प्रमुख अतिथि गल्फर प्रदीपकुमार श्रेष्ठले विद्यालयले गरेको यो खेलको सुरुवातको प्रशंसा गरे । उनले विद्यार्थीहरुमा अन्तरनिहित रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

विद्यालयका अध्यक्ष राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिए । आगामी दिनमा अभिभावक र विद्यार्थीहरुको हितको लागि थप कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए ।

Success

Thank you for your time.