9 years ago
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेम्बा शेर्पा काल्सबर्ग गल्फ २०१६ उपाधि जित्न सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार ८ ह्यान्डी क्यापका पेम्बाले उपाधि जित्ने क्रममा ३७ अंक जोडे ।

स्टेबल फोर्ड थ्रि बाई फो ह्यान्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा राजेन्द्र श्रेष्ठ र महेश विक्रम कार्कीले समान ३६ अंक जोडेपनि काउन्ट ब्याकमा राजेन्द्र दोस्रो भए । काउन्ट ब्याकमा चुकेका महेश विक्रम कार्कीले ३६ अंकमा सिनियरतर्फ भने उपाधि जितेका छन् । महिलातर्फ प्रतिमा शेर्पा सफल रहिन । उनले २७ बनाएकी थिईन । २५ अंकका साथ कल्पना लिम्बु दोस्रो भइन् ।
प्रतियोगितामा बिजय श्रेष्ठले बेस्ट ग्रस, लंग गेष्ट ड्राइभ र महेश विक्रम कार्कीले क्लोजेस्ट टु द पिन र ४ बडिज गरेका वानचेन ढोन्डुपले मोस्ट बडिजको उपाधि जिते । गोर्खा ब्रुअरीद्वारा आयोजित एक दिने कार्यक्रममा ९० खेलाडीको सहभागिता थियो ।
विजेता खेलाडीलाई गोर्खा बु्रअरीका मेनेजिङ डाइरेक्टर अरुण अधिकारी, मार्केटिङ डाइरेक्टर वैभव शर्मा, सेल्स डाइरेक्टर काजीमान सुब्बा र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]