default_image

9 years ago

December 29, 2016

बक्सिङमा नेपाली सेनाको टिम च्याम्पियन

256 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद

चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।

boxing-army-champion

बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम रावल, दिपेश लामा, सिलु डंगोल, श्याम खड्काले स्वर्ण जिते । वेल्टर ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले एपीएफका विकास लामालाई युरोनोमसका आधारमा पराजित गरे भने लाइट वेल्टर महिला ६०–६४ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितिन् ।

त्यसैगरी पुरुषको मिडलवेट ७६ केजी तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका दिवसलाल भूमिलाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै आर्मीका दिपेश लामाले स्वर्ण जिते । पुरुषकै हेभीवेट ९१केजी तौल समूहमा आर्मीका श्याम खड्काले मध्यमाञ्चलका कविरस शर्मालाई वाकओभरका आधारमा पराजित गरे ।दायाँ हात इन्जुरी भएपछि कविरसले खेल त्यागेका थिए ।

महिला मिडलवेट ६९–७५ केजी तौल समूहमा आर्मीकी सिलु डंगोलले मध्यमाञ्चलकी समुना खातुनलाई टेक्निकल नकआउटका आधारमा पराजित गरिन् । पुरुष सुपरवेट ९१ क्ेजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले मध्यमाञ्चलका मेघ डेनियल लामालाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै स्वर्ण जिते । बिहीबार ३ स्वर्ण जितेको सशस्त्र प्रहरीको एपीएफ क्लव कुल ४ स्वर्णसहित दोस्रो भएको छ । महिलाको वेल्टरवेट ६४–६९ केजी तौल समूहमा एपीएफकी संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई अंकका आधारमा पराजित गरिन् ।

बुधबार एक स्वर्ण जितेको मध्यमाञ्चल विकास क्षेत्रले बिहीबार पनि एक स्वर्ण थप्यो । पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेत बस्नेतले आर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गरे ।पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाली,मन्त्रालयका सचिव महेश दाहाल,सहसचिव चुडामणि पौडेल,संघका अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुन केसी र उपाध्यक्ष एवम् ओलम्पियन नरेन्द्र पुमा लगायतले पुरस्कृत गरे ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.