10 years ago
September 19, 2015
काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् ।

विजेता खेलाडीका साथ युनाइटेड आइटिएफ अस्ट्रेलियाका अध्यक्ष एवंम् ग्रान्डमास्टर मिचेल मुलेटा र आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत ।
महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा ट्वीन्कल बमले र खुला कलर बेल प्याट्रनमा ससमिनी बस्नेतले स्वर्ण पदक जिते । सालिनाले अनिता कार्कीलाई, ट्वीन्कलले मेरिसा बनेपालीलाई र ससमिनीले प्रिया दर्शनी ठाकूरलाई हराइन् ।
तेक्वान्दो आइटिएफ नेपालको आयोजनामा भएको एक दिने प्रतियोगितामा पुरुष ५०–५५ केजीमा प्रतिक प्रजापति, ५०–५५ केजीकै फस्ट गपमा किरण दानी, जुनियर ५५–६० केजीमा बादल गौतम विजयी भए । त्यस्तै पुरुष ६०–६५ केजीमा कुशेश्वर यादव स्वर्ण पदक जित्न सफल भए ।
पुरुष २०–२५ केजीमा परिवर्तन केसी, २५–३० केजीमा नरेन्द्रनाथ योगि,३०–३५ केजीमा मुकेश सितिखु, ३५–४० केजीमा विवके श्रेष्ठ, ४०–४५ केजीमा निरज काफ्ले र ४५–५० केजीमा सामुयल लिम्बुले पहिलो स्थान प्राप्त गरे ।
त्यस्तै खुला कलर बेल्ट प्याट्रनमा सासमन बस्नेतले र ब्ल्याक बेल्ट खुला प्याट्रनमा न्यूजिल्यान्डका मार्क इलियोट विजयी भए । प्रतियोगितामा नेपाली बाहेक ३ अस्ट्रेलियन, न्यूजिल्यान्ड, भारत र बंगलादेशका १÷१ खेलाडीको सहभागिता थियो ।
युनाइटेड आइटिएफ अस्ट्रेलियाका अध्यक्ष एवंम् ग्रान्डमास्टर मिचेल मुलेटा, आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
सोही अवसरमा आइटिएफ नेपालले वैशाख १२ को विनाकारी भूकम्पमा घर क्षेति भएका खेलाडी गयाजी खड्कालाई ३ हजार ४१ हजार रुपैयाँ सहयोग प्रदान ग¥यो । सोही भूकम्पमा परि ज्यान गुमाएका नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवापुरका संस्थापक अध्यक्ष सुमन भोम्जनको परिवारलाई र नेपाल पत्रकार महासंघ काभ्रेलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको थियो । आइटिएफ नेपालको आयोजनामा आइतबार सेमिनार हुने बताइएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]