9 years ago
January 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाली सेनाले प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सेनाले उद्घाटन खेलमा आइतबार अर्को विभागिय टोलीे एपिएफ लाई २५—१५, २५—१९ र २५—२० को सोझो सेटले हराएको थियो ।

अन्य खेलमा नेपाल प्रहरी, पश्चिमाञ्चल र पूर्वाञ्चलले सफलता प्राप्त गरेका छन् । नेपाल प्रहरीले मध्यमाञ्चललाई २५—१०, २५—१७ र २५—१९ ले, पश्चिमाञ्चल भलिबल टिमले सुदूरपश्चिमाञ्चललाई २५—१६, १६—२५, २६—२८ र १८—२५ ले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई १७—२५, १६—२५ र १४—२५ ले पराजित गरेको थियो ।
नेपाली सेनाले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन प्रधान सेनापति राजेन्द्र क्षत्रीले गरेका थिए । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लब, पुलिस, एपिएफ तथा पाँच विकास क्षेत्र गरि ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र प्रशिक्षकल समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले पल्सर मोटरसाईकल प्रदान गर्ने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]