10 years ago
November 5, 2015
काठमाडौं, १९ कार्तिक
संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले बिहिबार बैद्यलाई प्रदान गरे ।
भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा रियो द जेनेरियोमा आयोजना हुने ३१ औं रियो ओलम्पिक प्रतियोगिताको पूर्वसन्ध्यामा दिईएको जिम्मेवारी महत्वपूर्ण रहेको छ । एक सफल खेलाडी तथा प्रशिक्षकको रुपमा आफुलाई स्थपित गर्न सफल बैद्यलाई दिईएको जिम्मेवारीले आगामी दिनमा नेपालले साग र ओलम्पिकमा पदक हासिल गर्न सक्षम खेलाडी उत्पादन गर्नलाई मद्धत पुग्ने खेल समिक्षकहरु बताउंदछन् । नियुक्ति पत्र बुझ्दै बैद्यले राज्य तथा राष्ट्रिय खेलकुद परिषदले आफुलाई बिश्वास गर्दै जुन जिम्मेवारी प्रदान गरेकोछ त्यसले आफुलाई थप जिम्मेवारीको महशुस गरेको र त्यसलाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताईन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]