default_image

10 years ago

December 8, 2015

राष्ट्रिय महिला डबल लिग – एपीएफ शिर्ष स्थानमा

237 views

0 Bookmark

सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ ।

new diamond volleyball

न्यू डायमण्ड र एभरेस्ट बिचको खेल

मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो खेल श्री जानकी स्कुललाई २५–२,२५–८ र २५–३ को सोझो सेटमा पराजित गर्‍यो । प्रतियोगितामा दोश्रोमा रहेको न्यूडायमण्डले एभेष्ट स्कुललाई २५–१३,२५–७ र २५–७ को सोझो सेटमा हरायो ।

त्यसैगरी अर्को खेलमा पश्चिमाञ्चलले श्री जानकी स्कुल चितवनलाई २५–१०,२५–४ र २५–६ को सोझो सेटमा पाखा लागायो । नेपाल पुलिस क्लबले पनि धादिङ कलाकारलाई २५–५, २५–१० र २५–१० को सोझो सेटमा हरायो । चौथो प्रतिस्पर्धात्मकखेलमा एन्जलहर्ट स्कुले चण्डेश्वरी क्बललाई २५ –१८,२५–१८,२२–२५,२३–२५ र १५–७ को सेटमा पराजित गर्‍यो ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ३० हजार पाउनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.