8 years ago
May 23, 2018
रियो (एजेन्सी) – ब्राजिलका सुपरस्टार फरवार्ड नेयमार विश्वकपको पहिलो खेलदेखि पुरै फिटनेसमा फर्कने सुरमा छन् । यसैक्रममा आफ्नो फिटनेसको अवस्था बुझ्न नेयमारले मंगलबार विभिन्न परिक्षणहरु लिएका छन् ।

फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनको लागि खेल्ने क्रममा खुट्टामा चोट बोकेका नेयमारले सिजनको दोस्रो भागमा सहभागिता जनाएनन् । २६ वर्षीय नेयमार क्लब फुटबलमा चोटपछि नखेलेपनि ब्राजिलका प्रशिक्षक टिटेले उनलाई टोलीमा समेटेका छन् । उनले विश्वकप अघिका मैत्रीपूर्ण खेलमा केहि समय खेलेर विश्वकपको पहिलो खेलसम्म पूर्ण रुपमा फिट हुने अभिव्यक्ति दिएका थिए ।
नेयमारले फेब्रुअरी महिनामा मार्सेविरुद्ध घरेली मैदानमा भएको खेलमा चोट बोकेका थिए । उनको टोलीले ३-० को अग्रता लिएको अवस्थामा विपक्षी टोलीका बौना सारको ट्याकलका कारण नेयमार घाइते भएका थिए । ट्याकल लागेकै बेलामा मैदानमा लडेका नेयमारले त्यसयता कुनै खेल खेलेका छैनन् ।

नेयमारको खुट्टाको हड्डी भाँचिएको र कुर्कुच्चा पनि मर्किएको थियो । उनले चोट बोकेलगत्तै विश्राम लिएर उपचार सुरु गरेका थिए । त्यसका लागि केहि समय नेयमार ब्राजिल पनि फर्केका थिए । फिटनेस परिक्षणका दौरान नेयमारले सुखद पुनरागमन गर्ने लक्षण देखाएको बुझिएको छ ।
परिक्षण गर्ने समयमा नेयमारले विभिन्न ड्रिलहरु गरेका थिए । कुनै सहयोगबिना परिक्षण गरेका नेयमारले दुवै खुट्टाको बलमा उफ्रिएका छन् । उनले दुवै खुट्टा प्रयोग गरेर बल प्रहार पनि गर्न थालेका छन् । ब्राजिलले विश्वकप अघि हुने मैत्रीपूर्ण खेलमा क्रोएसिया र अस्ट्रियाको सामना गर्नेछ । विश्वकपमा ब्राजिलको समूहमा सर्बिया, कोस्टारिका र स्विटजरल्यान्ड छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]