default_image

7 years ago

November 13, 2018

दुई तेक्वान्दो संघलाई मिल्न राखेपको एक हप्ते अल्टिमेटम

523 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समान हैसियत र अस्थित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ ।

सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई पत्र पठाएर विवाद समाधानको लागि सात दिने अल्टिमेटम दिएको हो । राखेपले दुवै संघलाई लेखेको पत्रमा दुवै संघ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख गरेको छ । आठौं राष्ट्रिय खेलकुद आगामी माघ २२ देखि आयोजना हुने तय भएको छ ।

राखेपको ११०औं बोर्ड बैठकले दुई तेक्वान्दो संघलाई आपसी छलफल गरी विवाद समाधान गराउने भएको निर्णय भएको उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको उल्लेख छ । विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शम्सेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनायो। महत्वपुर्ण खेलाम जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.