default_image

5 years ago

December 14, 2018

मनाङ विरुद्ध आर्मी (लाइभ)

पल्सर सहिद स्मारक ए डिभिजन लिग मनाङ मर्स्याङदी क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब प्रत्यक्ष प्रसारण : मनाङले शीर्ष स्थानमा रहँदै ७ खेलमा २१ अंक जोडेको छ । सबै खेलमा जित हात पारेपनि प्रदर्शन भने सन्तोषजनक मात्र रहन सकेको छ । मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि अहिलेसम्म मनाङले आफ्नो परम्परागत प्रदर्शन देखाउन नसकेको स्वीकार्छन् । मनाङले […]

34 views

0 Bookmark

पल्सर सहिद स्मारक ए डिभिजन लिग

मनाङ मर्स्याङदी क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब

प्रत्यक्ष प्रसारण :

मनाङले शीर्ष स्थानमा रहँदै ७ खेलमा २१ अंक जोडेको छ । सबै खेलमा जित हात पारेपनि प्रदर्शन भने सन्तोषजनक मात्र रहन सकेको छ । मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि अहिलेसम्म मनाङले आफ्नो परम्परागत प्रदर्शन देखाउन नसकेको स्वीकार्छन् । मनाङले तेस्रो चरणमा थ्री स्टारलाई २-१ ले पराजित गर्दापनि अधिकांश समय दबाबमा नै देखिएको थियो ।

मनाङलाई यसपटक सिजनको सुरुवातदेखि नै चोटले पिरोलेको छ । सुजल श्रेष्ठ लिगको दोस्रो खेल अगाडी घाइते हुनु र उनको स्थानमा आएका प्रकाश बुढाथोकी पनि डेब्युमै चोट बोक्नुले आक्रमणमा केहि धक्का पुगेको छ । सुजल चाडैं नै मैदान फर्कने तर्खरमा छन् भने प्रकाशलाई अझै केहि विश्राम आवश्यक छ ।

यता आर्मीले लिगको पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरी खेल्दै हार टारेको थियो । हालसम्म एनआरटीको एकमात्र अंक त्यहि नै हो । आर्मी भने लगातार ४ जित दर्ता गर्दै छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकियो । आर्मीले ७ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक जोडेको छ । आर्मीले आजको खेलमा जित दर्ता गरे शीर्षस्थानमा मनाङको अग्रता गोलअन्तरमा सिमित रहनेछ । आर्मी आफैं पनि शीर्षस्थानसँगको दुरी १ अंकमा झार्न सफल रहनेछ ।

आर्मीले पछिल्लो समय अग्रपंक्तिमा चुक्दा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । डिफेन्स र मिडफिल्ड उच्च लयमा देखिएको आर्मीको आक्रमण भने फितलो देखिएको छ । कप्तान भरत खवासमा निर्भर आक्रमणमा टंक बस्नेत, दिनेश हेन्जन र टेकबहादुर बुढाथोकीले अपेक्षित साथ दिन सकेका छैनन् । तर यस खेलमा नवयुग र जर्जप्रिन्स नै मैदानमा उत्रने छन् ।

आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दावेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दावेदारीमा बलियो स्थान बनाउनेछ । अंक बराबरीको अवस्थामा हेड टु हेड नियम लागु हुने कारण पनि यस खेलको नतिजा थप महत्त्वपूर्ण बनेको छ ।

April 25, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ। पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले […]

April 25, 2024

खेलकुद मन्त्री श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष कसाडोबीच भेटवार्ता

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच बिहीबार भेटवार्ता भएको छ। खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको‌ बताइएको छ। कसोडोकोका साथमा नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ पनि थिए । यस्तै नेपालमा ट्रायथलनको […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.