default_image

5 years ago

December 15, 2018

च्यासल विरुद्ध ब्रिगेड ब्वाइज (लाइभ)

पल्सर सहिद स्मारकए डिभिजन लिग प्रत्यक्ष प्रसारण भ्याली च्यासल युवा क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुओस लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । क्लबले विदेशी फरवार्ड एल्भिसलाई पनि क्लबमा सामेल गरेको छ । यद्यपी उनको कागजी प्रक्रिया पूरा नहुँदा नखेल्ने सम्भावना छ […]

22 views

0 Bookmark

पल्सर सहिद स्मारकए डिभिजन लिग

प्रत्यक्ष प्रसारण

भ्याली च्यासल युवा क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब

प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुओस

लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । क्लबले विदेशी फरवार्ड एल्भिसलाई पनि क्लबमा सामेल गरेको छ । यद्यपी उनको कागजी प्रक्रिया पूरा नहुँदा नखेल्ने सम्भावना छ । सन्तोष साहुखल र पछिल्लो खेलमा २ गोल गरेका सन्त बहादुर गुरुङले अग्रपंक्ति सम्हाल्ने छन् । ब्रिगेड ब्वाइज भने लिगमा दोस्रो जितको खोजीमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

एमेच्योर सदभाव शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)-  एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।  आज २अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।भुवनले आज १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।आज १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे।यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन्। दुवैले आज ४-ओभर ७६ मा खेल पुरा गरे।लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले। ८ लाख ४० हजार रुपैयाँ पुरस्कार  रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले ९६ र तेस्रो हुनेले ७२ हजार रुपैयाँ हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

March 27, 2024

इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […]

Success

Thank you for your time.