6 years ago
December 15, 2018
पल्सर सहिद स्मारक ए डिभिजन लिग
प्रत्यक्ष प्रसारण
रुस्लान थ्री स्टार क्लब विरुद्ध मछिन्द्र क्लब
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुओस
उपाधिको दौडमा रहेको रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच खेल हुँदैछ । मछिन्द्रले हालसम्म लिगमा एक गोल पनि गर्न सकेको छैन । सुरुवाती दुई खेलमा च्यासल र पुलिसलाई गोलरहित बराबरीमा रोकेको मछिन्द्रले त्यसयता एक खेल बराबरी खेलेको छ ।
थ्री स्टारले पछिल्लो समय लगातार जित दर्ता गर्दै आइरहेको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएयता ललितपुरे क्लबले लगातार ४ जित दर्ता गरिसकेको छ । शीर्ष स्थानमा मनाङलाई दबाबमा राख्न टोलीले जित हासिल गर्नेपर्ने अवस्था छ । ७ खेलमा १८ अंक जोडेको थ्री स्टार संकटा भन्दा ३ अंक र मनाङभन्दा ६ अंक पछाडी छ । यद्यपी अगाडिका क्लबले १ खेल बढी खेलेका छन् । थ्री स्टारले जित दर्ता गरे संकटासँग बराबरी हुनेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन। अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ। रोयल नेपाल […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]