default_image

5 years ago

December 22, 2018

रुस्लान थ्री स्टार विरुद्ध च्यासल (लाइभ)

रुस्लान थ्री स्टार क्लब विरुद्ध च्यासल युवा क्लब प्रत्यक्ष प्रसारण: प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस् च्यासल पहिलो पटक ए डिभिजन लिगमा खेलिरहेको छ । दुवै क्लब ललितपुरको पाटनमा अवस्थित छन् । च्यासल क्लब ए डिभिजन लिगकै सबैभन्दा कान्छो क्लब पनि हो । च्यासलले लिगमा ठूला खेलाडी अनुबन्ध गर्दै उपाधिको दावेदारी पनि देखाएको थियो । तर […]

37 views

0 Bookmark

रुस्लान थ्री स्टार क्लब विरुद्ध च्यासल युवा क्लब

प्रत्यक्ष प्रसारण:

प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्

च्यासल पहिलो पटक ए डिभिजन लिगमा खेलिरहेको छ । दुवै क्लब ललितपुरको पाटनमा अवस्थित छन् । च्यासल क्लब ए डिभिजन लिगकै सबैभन्दा कान्छो क्लब पनि हो । च्यासलले लिगमा ठूला खेलाडी अनुबन्ध गर्दै उपाधिको दावेदारी पनि देखाएको थियो । तर खराब सुरुवात पाएपछि च्यासलले अहिले शीर्ष ४ लाई आफ्नो मुख्य लक्ष्य बनाएको छ ।

यता थ्री स्टार पछिल्लो खेलमा आर्मीसँग बराबरीमा रोकिएपछि उपाधि सम्भावनाबाट टाढीएको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएपछि थ्री स्टारको उपाधि लक्ष्यमा धक्का पुगेको छ । पछिल्लो खेलमा पनि थ्री स्टार जितअन्जिक पुग्दा इन्ज्युरी समयमा जर्जप्रिन्सको फ्रिकिकले आर्मीलाई एक अंक दिलाएको थियो ।

शनिबारको खेलमा च्यासलका सन्तोष साहुखल उपलब्ध हुने छैनन् । उनी जापान फर्किसकेका छन् । च्यासलको अग्रपंक्ति थ्री स्टारका पूर्व फरवार्ड एल्भिसले सम्हाल्नेछन् । च्यासलको कप्तानी पनि थ्री स्टारकै पूर्व डिफेन्डर देवेन्द्र तामाङले सम्हालेका छन् । च्यासलले आफ्नो शीर्ष ४ मा आउने सम्भावना बलियो बनाउन जित दर्ता गर्नुपर्ने छ । थ्री स्टारले भने उपाधि जित्ने सम्भावना जीवित राख्न जित दर्ता गर्नुपर्ने समीकरण रहेको छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

Success

Thank you for your time.