9 months ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फारवेष्ट हन्टर क्रिकेट क्लबले नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
आइतबार मेलवर्नमा भएको फाइनलमा फारवेष्टले एक्सपर्ट सगरमाथा ब्लुजलाइ ८ विकेटले हरायो । नेपाली समाज भिक्टोरियाको वार्षिक कार्यक्रमको निरन्तरताका रुपमा न्याभ कप क्रिकेट आयोजना हुँदै आएको प्रतियोगिताको २०औं संस्करणको फाइनलमा आइतबार १ सय ८२ रनको लक्ष्य फारवेष्टले १३ बल बाँकी छँदै भेट्टायो ।
उसका लागि कप्तान तथा ओपनर केशव पन्तले २६ बलमा ५९ रनको विष्फोटक इनिङ्स खेले । सागर अधिकारीको बलमा क्याचआउट हुनुअघि उनले ५ छक्का र ६ चौका प्रहार गरे । अर्का ओपनर आर्यन विष्ट ३४ रन बनाएर आउट भए । महेश खत्री र सुनील भाटले क्रमस: ३३ र ३६ रनको नट आउट इनिङ्स खेले । फारवेष्टले २१ अतिरिक्त रन पाएको थियो ।
यसअघि ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका लागि ओपनर अभिनाश जीसीले ७७ रन बनाए । उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रशिम कँडेलले ३१ रन जोडे ।
सेमिफाइनलमा एक्सपर्टले ट्राइकन क्रिकेट टिम र फारवेष्टले चितवन क्रिकेट क्लवलाइ पराजित गरेका थिए । हरेक सप्ताहन्तमा म्याच सन्चालन हुने गरी आयोजना गरिएको प्रतियोगितामा यस वर्ष १७ टिमको सहभागिता थियो ।
भिक्टोरिया राज्यमा रहेका नेपाली समुदायका टिमहरुबीच प्रतिस्पर्धा गराइने यो प्रतियोगिता न्याभले नेपाली समुदायबीच पर्वको रुपमा स्थापित गराउने लक्ष्य राखेको छ ।
जगत टमाटालाइ न्याभ अवार्ड
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा न्याभ अवार्ड २०२५ बाट सम्मानित भएका छन् । आइतबार साँझ मेलवर्नमै आयोजित विशेष कार्यक्रममा न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सिना, भिक्टोरिया राज्यका लागि नेपाली वाणिज्य दूत निराजन गाौली लगायतले लिजेन्डरी नेपाली प्रशिक्षक टमाटालाइ सम्मान गरेका हुन् ।
यस अवार्डबाट गत वर्ष नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाइ सम्मानित गरिएको थियो। त्यस्तै कीर्तिमानी खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पनि सम्मानित भएका थिए । त्यसअघि पूर्व कप्तान पारस खड्काले पनि यो अवार्ड पाइसकेका छन् । न्याभले अस्ट्रेलियाली दूतावासको रोहबरमा तीन वर्षअघि क्यानसँग गरेको सम्झौताकै निरन्तरताका रुपमा हरेक वर्ष नेपाली क्रिकेट व्यक्तित्वलाइ सम्मान गर्दै आएको छ ।
भिक्टोरियाका लागि नेपाली वाणिज्य दूत गौलीले यहाँको सबैभन्दा पुरानो नेपाली संस्था न्याभले सन्चालन गर्ने समुदायलक्षित गतिविधिको प्रशंसा गरे ।
October 31, 2025
मेलवर्न (हाम्रो खेलकुद) – म्याक्सिम्याक्स एजुकेशन तथा भिषा सर्भिसेस प्रालीेले अस्ट्रेलिया मेलवर्नस्थित स्थानीय क्रिकेट क्लब एभरेष्ट युनाइटेडलाइ मुख्य प्रायाेजन गरेकाे छ । मेलवर्नमा एक कार्यक्रम गरी म्याक्सिम्याक्सले क्लबसँगकाे प्रमुख प्रायाेजनसँगै टिमकाे जर्सी पनि सार्वजनिक गरेकाे हाे । म्याक्सिम्याक्सका सीइओ शंकर धरेल, क्लबका प्रतिनिधि राजन मास्के, नेपाली समाज भिक्टाेरियाका उपाध्यक्ष सुदीप श्रेष्ठलगायतले टिमलाइ म्याक्सिम्याक्सकाे लाेगाे अंकित जर्सी […]
October 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]
October 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा […]