default_image

2 months ago

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

753 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्रसँगै प्रायोजक योलोबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

अध्ययनको शिलशिलामा प्रतिभा पछिल्लो एकवर्षयता अस्ट्रेलियामै रहेका छन् । उनी गत वर्ष भएको पाँचौं संस्करणमा पनि सर्वाेत्कृष्ट बनेकी थिइन् । उनले गत वर्ष नै चोटबाट पुनरागमन गरेकी थिइन् । रविन पनि पछिल्लो केही समययता अस्ट्रेलियामै रहेका छन् ।

यस्तै पुरुषतर्फ छन्त्यालका पहल गहतराज उत्कृष्ट स्पाइकर, मोनाका शेररु रोका मगर ब्लकर, मोनाका बिशाल कार्की सेटर, छन्त्यालका रेशम छन्त्याल सर्भर, छन्त्यालका गणेश छन्त्याल उत्कृष्ट लिवेरो र मोनाका गोपाल पुनः उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलामा जलजलाकी कविता भट् उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर, जलजलाकी गीता जुग्जाली सर्भर र म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट प्रशिक्षक चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको थियो ।

आइतवार भएको फाइनलमा पुरुषतर्फ मोनाले छन्त्याल परिवार अस्ट्रेलियालाई तथा महिलामा म्याग्दी काली युनाइटेडले म्याग्दी जलजला परिवारलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ ।

उपाधिसँगै मोनाले २ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार ३ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जलजलाले ७ सय ५० अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

छैटौं ढोरपाटन कपका उत्कृष्टहरु
सर्वाेत्कृष्ट – रविन चन्द (मोना) र प्रतिभा माली (म्याग्दी काली)
स्पाइकर – पहल गहतराज (छन्त्याल) र कविता भट्ट (जलजला)
सेटर – बिशाल कार्की (मोना) र मिया पुन (म्याग्दी काली)
सर्भर – रेशम छन्त्याल (छन्त्याल) र गीता जुग्जाली (जलजला)
ब्लकर – शेरु रोका मगर (मोना)
लिवेरो – गणेश छन्त्याल (छन्त्याल)
प्रशिक्षक – गोपाल पुन (मोना) र सरस्वती चौधरी (म्याग्दी काली)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.