2 months ago
October 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् ।
मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेलिरहेका पहल गहतराज र रेशम छन्त्यालसम्मिलित छन्त्याल परिवार अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको हो ।
निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पाँचौं सेट चलिरहँदा खेलमा विवाद भएपछि रेफ्रीले मोनालाई विजयी घोषणा गरेको हो ।
पाँचौं सेटमा छन्त्याल १२–११ ले अघि रहँदा छन्त्यालकै अफिसियल बक्सबाट रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि रेफ्रीले रातो कार्ड देखाएपछि खेलमा थप विवाद उत्पन्न भएको थियो ।
त्यसपछि रेफ्रीले पुनः छन्त्याल परिवारलाई अर्काे रातो कार्ड देखाएपछि केहीवेर विवादको स्थिति बनेको थियो । त्यसपछि छन्त्यालले नै बाँकी रहेको खेल नखेल्ने बताएपछि रेफ्रीले आयोजकसँगको छलफलपछि मोनालाई विजेता घोषणा गरेको थियो ।
त्यसअघि मोनाले पहिलो सेट २५–११ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने मोनाले २३–२५ ले गुमायो । तेस्रो सेट मोनाले २५–२३ ले जित्दै खेलमा २–१ को अग्रता कायम गर्यो । चौथो सेट १७–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बियो ।

महिलातर्फ म्याग्दी काली युनाइटेडले म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । गत वर्ष पनि म्याग्दी काली नै च्याम्पियन बनेको थियो ।
म्याग्दी काली पछिल्लो समय सिड्नीमा भएको प्रतियोगितामा लगातार च्याम्पियन बनिरहेको छ । यसपटक म्याग्दी कालीबाट प्रतिभा मालीले तथा जलजलाबाट कविता भट्टले खेलेकी थिइन् ।
उपाधिसँगै मोनाले २ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार ३ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जलजलाले ७ सय ५० अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ मोनाका रविन चन्द ठकुरी र महिलामा म्याग्दी कालीकी प्रतिभा माली सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्रसँगै प्रयोजक योलोबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै पुरुषतर्फ छन्त्यालका पहल गहतराज उत्कृष्ट स्पाइकर, मोनाका शेररु रोका मगर ब्लकर, मोनाका बिशाल कार्की सेटर, छन्त्यालका रेशम छन्त्याल सर्भर, छन्त्यालका गणेश छन्त्याल उत्कृष्ट लिवेरो र मोनाका गोपाल पुनः उत्कृष्ट प्रशिक्षक चुनिए ।
महिलामा जलजलाकी कविता भट् उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर, जलजलाकी गीता जुग्जाली सर्भर र म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट प्रशिक्षक चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको थियो ।

एक दिने प्रतियोगितालाई केओआई एण्ड जमघट रेष्टुरेन्ट, म्याग्दी रेमिट, गोर्खाज पेन्टिङ, एक्सप्रेस सेवा र काठमाडौं म म हाउस एण्ड बार, एभरेष्ट एजुकेशन एण्ड भिजा, एसएनवी क्लिनिङ, बैठक रेष्टुरेन्ट र श्रीजन मल्ल र परिवारलगायतले प्रायोजन गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]