2 years ago
January 27, 2024
नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपालगन्ज रंगशालास्थित कर्भड हलमा शनिबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा हराए । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन् संयुक्त रुपमा तेस्रो भए ।
त्यसअघि सेमिफाइनलमा प्रिन्सले पुलिसका जिवन आचार्यलाई २१–१६,२१–१२ ले तथा कविरले एपिएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गरेका थिए । प्रिन्सले ७० हजार, कविरले ३५ हजार तथा जीवन र अमनले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
महिला एकलको फाइलनमा रसिला एपिएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गरिन् । पुलिसकी नीता लम्साल र कैलालीकी एलिना सुनार संयुक्त रुपमा तेस्रो भए । त्यसअघि सेमिफाइनलमा रसिलाले पुलिसकी नीता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा शोभाले कैलालीकी एलिना सुनारलाई २१–१०,२१–१२ ले हराएकी थिइन् । रसिलाले ६० हजार, शोभाले ३० हजार तथा नीता र एलिनाले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष युगलमा प्रिन्स र विजित थापामगरको जोडी विजयी भयो । प्रिन्स र विजितको जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ ले हराएको थियो । एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा पुलिसका जिवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो । पुरुष युगलका विजेताले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रोले समान १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

पुरुष युगल(बी लेभल) मा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो । राजेन्द्र र खगेन्द्रको जोडीले धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गर्यो ।
पुलिसका चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए । पुरुष युगल (बी लेभल)को विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गर्यो ।
त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ वर्षमाथि प्लस) तर्फ बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी विजयी भयो । जयन्द र अनिलको जोडीले होटल स्टारलाईटका हरी खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ ले हरायो । बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भए ।
पुरुष युगल (भेट्रान्स ४५ वर्षमाथि )को विजेता जोडीले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रोेले समान १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले जानकारी दिए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जन्मजय तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राई, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद विकास समिति बाकेका अध्यक्ष सन्दिप जंग शाह, प्रमुख रेफ्री किरण करञ्जितलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष थापाले सहयोगी संस्थालाई कदर पत्र प्रदान गरे । नकआउट आधारमा भएको प्रतियोगितामा देशभरका झण्डै २ सय ५० खेलाडीको सहभागिता थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आर्थिक सहयोगमा बाँके जिल्ला व्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]