default_image

3 months ago

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

364 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो ।

प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम भएको छ ।

लेख र निशानको जोडीले फाइनलमा भरतपुर १० को सुरज गुरुङ र पवन गिरीको जोडीलाई २-१ को सेटले हराएको हो । विजेता लेख र निशानको जोडीले ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।

दोस्रो भएको सुरज र पवनको जोडीले २० हजार प्राप्त गरएको छ । भरतपुर ७ का विद्धवान गुरुङ र डम्मर अधिकारीको जोडी तेस्रो भएको छ । उनीहरुले १० हजार रुपैयाँ प्राप्त गरे ।

उमेर समूहतर्फ महिला यू १३ एकलमा पुर्वी ताम्राकार प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यस्तै अनुश्का भारती दोस्रो तथा सुफिना पौडेल र यङ्शी लामा तेस्रो भएका छन् ।

महिला यू १५ मा पनि पूर्वी ताम्राकार प्रथम हुँदा दिलाशा लामा दोस्रो तथा सुफिना पौडेल र युनिशा गुरुङ तेस्रो भएका छन् ।

महिला यू १७ मा युनिशा गुरुङ प्रथम भएकी छन् । यस्तै दिलाशा लामा दोस्रो तथा क्रिजा थापा र सुदिप्ती श्रेष्ठ तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रोले क्रमश: जनही ५ हजार, ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पुरुष यू १३ एकलमा उशफ गुरुङ प्रथम भएका छन् भने गाब्रिएल लामा दोस्रो तथा सौरभ महतो र निर्मल राय तेस्रो भएका छन् ।

यू १५ मा उशफ गुरुङ नै प्रथम हुँदा गाब्रिएल लामा दोस्रो तथा रशिक श्रेष्ठ र रामदीप यादव तेस्रो भएका छन् । यू १७ मा अमन दराई प्रथम हुँदा, युनिक चौधरी दोस्रो तथा प्रधुन गुरुङ र भुपेन्द्रराज न्यौपाने तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रोले क्रमश: जनही ५ हजार, ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शिक्षक डबल्समा क्वेस्ट मोडल कलेजका देवेन्द्र न्यौपाने र शिव चौधरीको जोडी प्रथम भएको छ । यस्तै मनशिक्षा मन्दिरका निर्मल अंगाई र जीवन बाबुको जोडी दोस्रो हुँदा अंकुरम एकेडेमीका याङ्चेन तामाङ र आरएन ढकाल तथा स्मल हेभन स्कुलका सोम तामाङ र सूर्य अधिकारीको जोडी तेस्रो भएका छ्न् । प्रथमले ५, दोस्रोले ३ तथा तेस्रोले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

स्काई राईडर टिम विजेता बनेको छ भने स्काई राईडरका उशफ गुरुङ उत्कृष्ट पुरुष खेलाडी र स्काई राईडरकै पुर्वी ताम्राकार उत्कृष्ट महिला खेलाडी बनेका छन् ।

डेजी स्कुलका युनान तामाङ सबै भन्दा कान्छो पुरुष खेलाडी तथा लिटल फ्लावरकी दिक्षिता श्रेष्ठ कान्छी महिला खेलाडी बनिन् । प्रतियोगिता दुई दिन चलेको थियो ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

Success

Thank you for your time.