default_image

3 days ago

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

581 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ।

उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए।

जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ ओभरमा ४ विकेट गुमाएर १ सय ८० बनाउँदै पूरा गर्यो। जनकपुर सिजनको हाईएस्ट‌ चेज गर्ने टोली बनेको छ। यद्दपी जनकपुरले बाँकी २ खेल जितेर पनि प्ले अफ पुग्ने अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

राम्रो सुरुवात गरेको जनकपुरले पहिलो पावर प्लेमा १ विकेट गुमाएर ५९ रन बनायो। छेटौं ओभरको पहिलो बलमा ओपनर आशिफ शेख कमल ऐरीको बलमा बोल्ड आउट भए। आशिफ १८ रनमा आउट हुँदा टोलीले ४५ रन बनाएको थियो।

त्यसपछि ओपनर सदाकतलाई साथ दिन अनिल क्रिजमा छिरे। पोखरा एभेन्जर्ससँगको खेलमा कप्तान अनिललाई ड्रप गरिएको थियो। आज भने उनी प्लेइङमा‌ फर्किए। उनले सदाकतलाई राम्रो साथ दिए।

१० औं ओभरको अन्तिम बलमा रबि बोपरालाई चौका प्रहार गर्दै सदाकतके अर्धशतक बनाए। उनले २४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। १० ओभर सकिंदा १ सय १० रन बनाएको जनकपुरले जितलाई सहज बनायो। त्यतिखेर अन्तिम ६० बलमा जितको लागि मात्र ६७ रन आवश्यक थियो।

क्रिजमा जमेका सदाकत र अनिलले दोस्रो विकेटको लागि ३७ बलबाट ७९ रनको साझेदारी गरे। सदाकत अमर सिंह राउटेलाको बलमा कप्तान कुशल मल्लद्वारा क्याच आउट भए। उनले ३० बलमा ६ चौका र ४ छक्का सहित ६३ रनको महत्वपूर्ण पारी खेले। उनी आउट हुँदा जनकपुरलाई जितका लागि ५२ बलमा ५३ रन जरुरी थियो।

त्यसपछि जान निकोल लोफ्टी क्रिजमा छिरे। अनिलले २८ बल खेल्दै २ चौका र ३ छक्का सहित अर्धशतक बनाए। १५ ओभरमा १ सय ५५ रन बनाउँदा अन्तिम ३० बलमा जितको लागि २२ रन जरुरी रहँदा जनकपुर बलियो स्थितिमा थियो।

१६ औं ओभरमा भने जनकपुरले २ विकेट गुमायो। लोफ्टी ११ रनमा आउट भए। लगत्तै सोहेल तनबिरको बलमा ६१ रन बनाएका अनिल कुशलबाट क्याच आउट भए । उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।आदित्य महता १४ र सञ्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे।

बलिङमा सोहरल तनबिर, कमल ऐरी र अमर सिंह राउटेलाले समान १ विकेट लिए।

यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशलले पहिले ब्याटिङ रोजे। चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो।

जनकपुरले आज राष्ट्रिय टोलीका खेलाडी ललित नारायण राजवंशीलाई ड्रप गर्यो। तर पनि बलिङमा जनकपुर कमजोर नै देखियो। पहिलो पावर प्लेमा विना विकेटको नोक्सानी चितवनले ३८ रन बनायो। चितवनले जारी खेलमा पहिलो पावर प्ले‌मा विकेट नगुमाएको यो पहिलो पटक हो।

जनकपुरका बलरहरूले ब्रेक-थ्रु लिन नसकिरहेको बेला नवौं ओभरको पाँचौं बलमा सचिन भट्टको बलमा ३५ रन बनाएका डविट मलानले जीवनदान पाए। अनिलले क्याच ड्रप गरे। १० ओभरको समाप्तिमा मलान र अर्जुन साउदले ७६ रन जोडे।

यो क्रममा दुवैले अर्धशतक बनाए। मलानले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाए। अर्जुनले भने ३७ बलमा ४ चौका र ३ छक्का सहित अर्धशतक बनाए।

यी दुईले शतकीय पारी खेल्न सफल भए। १ सय १२ रनको साझेदारी गरेपछि अर्जु‌न आउट भए। जारी एनपिएलमा पहिलो विकेटको लागि बनेको यो सर्वाधिक ठूलो साझेदारी हो।

ब्रेक -थ्रु लोफ्टीले‌ दिलाए। अर्जुन ५२ रनमा आउट भए। लगत्तै वान डाउमा छिरेका सेफ केब ७ रनमा अनिलको बलमा सञ्जय कृष्णमुर्तीद्वारा क्याच आउट भए। १५ ओभरको समाप्तिमा चितवनले १ सय २८ रन बनायो।

तेस्रो विकेटको रूपमा रबि बोपरा आउट भए। मात्र ३ रनमा रुपेश सिंहको बलमा आउट भए। उनी आउट हुँदा टोलीके १ सय ४३ रन बनाएको थियो।

त्यसपछि ओपनर डविटको ठूलो विकेट सदाकतले लिए। ओपनर मलान ५४ बल खेल्दै ४ चौका र ४ छक्का सहित टोलीको लागि सर्वाधिक ८० रनको उत्कृष्ट पारी खेले।

कप्तान कुशलले १४ बल खेल्दै २ चौका र २ छक्का सहित अविजित ३० रन बनाए। बलिङमा सदाकत, अनिल, रुपेश र लोफ्टीले समान १ विकेट लिए।

चितवनको भने यो तेस्रो हार हो। २ खेल जितेको चितवनको ४ अंक छ। हारले चितवनको प्ले अफ यात्रा कठिन बनेको छ। आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ।

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

Success

Thank you for your time.