2 years ago
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल पुरुष र रसिला महर्जन महिलार्फत लि निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरियताबीचको सेमिफाइनलमा पुगेका छन् ।
प्रिन्स पुरुष एकल तर्फ समूह ए बाट विजेता र सो समूहको उपविजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी बुधबार सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट विजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपविजेताको रुपमा एपिएफका देवराज रानाले अन्तिम आठमा पुगेका छन् ।
महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह विजेता र आर्मीकी अनुमाया राई उपविजेता तथा समूह बी बाट भोजपुरकी नङ्गशल तामाङ्ग समूह विजेता र पुलिसकी निता लम्साल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को पुरुष एकल तर्फको दिनको अन्तिम खेलमा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१८, २१–१३ ले पराजित गरेका थिए । प्रिन्सले लिगका तीनै खेलमा जित निकाले । अर्को खेलमा पुलिसका सुनिल जोशीले एपिएफका विजित थापा मगरलाई २१–१०, १७–२१, २१–१८ ले पराजित हराए ।
समूह बी बाट ललितपुरका प्रफुल महर्जनले आजको खेलमा पुलिसका बिष्णु कटुवाललाई २१–१५, २१–१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा जित निकाले थिए । समूह उपविजेता देवराज रानाले आजको खेलमा पुलिसका दीपक बोहरालाई २१–१२, २१–१५ ले पराजित गरे । देवराजले लिगका दुई खेलमा जित हात पारे ।
चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ समूह ए को अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–१६, २१–१२ ले पराजित गरेकी थिइन् ।

रसिलासँग पराजित भएपनि समूह उपजिेताको रुपमा अनुले अन्तिम चारण्मा पुगेकी थिइन् । यसै समूहको अर्को खेलमा मोरङ्गकी सिमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१–८, २१–९ ले पराजित गरेकी थिइन् ।
यसैगरि भोजपुरकी नङ्गशलले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१–१०, २१–१३ ले पराजित गरेकी थिइन् । नङ्गशलले समूह चरणको तीने खेलमा जितेकी थिइन् । अर्को खेलमा पुलिसकी निता लम्सालले एपिएफकी शोभा गौचन माथि २१–११, २१–११ ले हराएकी थिइन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]