2 years ago
March 1, 2024
सुमन अधिकारी, बुटवल
प्रदिप खड्का र रितिक राना बुटवलमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधिका भिड्ने भएका छन् ।
रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा साविक विजेजा प्रदिपले प्रनव मानन्धरलाई ६–१, ३–६ र ६–२ को सेटमा हराए । अर्को सेमिफाइनलमा रितिक निशान्त श्रेष्ठलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा पुगेका हुन । फाइनल शनिबार हुनेछ ।
मेन्स डबल्सको उपाधि आयुषमान हजुर घले र आशिष खड्काको जोडीले हात पारेको छ । आर्यन गिरी र सक्षम बिक्रम शाहको जोडीलाई ६–४, ६–२ ले हराउँदै हजुर र आशिषले उपाधि जितेका हुन् । ३५ वर्ष प्लस सिंगलको उपाधि अनिल शाहीले जिते । अनिलले फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–४ ले पराजित गरे ।
सिमान्त गुरुङ र अनिल शाहीको जोडीले ३५ वर्ष प्लस डबल्सको उपाधि जितेको छ । सिमान्त र अनिलको जोडीले फाइनलमा सन्तोष खत्री र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–२, ६–३ ले पराजित गर्यो । ४५ वर्ष प्लस सिंगलको उपाधि कमल भण्डारीले जिते । कमलले फाइनलमा सिमान्त गुरुङलाई ६–१, ६–१ ले हराएका हुन् ।
गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले ४५ वर्ष प्लस डबल्समा उपाधि जितेको छ । रोहित सुनवार र जोली टार्जेनको जोडीलाई ७—५, ७—५ ले हराउँदै गोपी र धर्मको जोडीले उपाधि जितेको हो ।
यसैगरि ५५ वर्ष प्लस सिंगलको उपाधि चन्द्र शाहीले जितेका छन् । चन्नद्रले राजु श्रेष्ठलाई ६–२, ६–४ ले हराए । ६५ वर्ष प्लस सिंगलको उपाधि मनोज राणाले जितेका छन् । मनोजले फाइनलमा ध्रव गुरुङलाई ६–१, ६–२ ले हराएका हुन् ।
प्रतियोगितामा ११ विधामा झण्डै एक सय खेलाडीले प्रतिस्पर्धा गरेको संघका अध्यक्ष गोपाल ज्ञवालीले जनाएका छन् । प्रतियोगिताको महिला/पुरुष सिंगलतर्फ उपाधि विजेताले ६० र दोस्रोले ३० हजार तथा तेस्रो हुने दुई जना खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]