default_image

1 year ago

September 2, 2024

इभाना र संयोग एसियाली टेबल टेनिसमा छनोट, नविता पराजित

1162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली‌ पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले ३ दिन छनोट प्रतियोगिताको आयोजना गरेको थियो । सोमबार सम्पन्न छनोटमा इभाना आ-आफ्नो विधामा अब्बल रहँदै छनोट भएका हुन् । दुवै महिला र पुरुषतर्फ १-१ खेलाडी छनोट हुने प्रावधान रहेको थियो ।

महिलातर्फ लगातार च्याम्पियन रहेर एकछत्र राज गरेकी पुलिसकी नविता श्रेष्ठ छनोटमा तेस्रो भइन् । दुई चरणमा लिग प्रणालीमा भएको प्रतियोगितामा इभाना अपराजित रहँदै छनोट भएकी हुन् । एभीएमकै बियान्का राई दोस्रो हुँदा नविता तेस्रो स्थानमा सिमित भएकी हुन् । इभाना र बियान्का दुवैसँग हार भोगेकी नविताले राष्ट्रिय स्तरको एकै प्रतियोगितामा दुई खेल हारेको यो पहिलो अवसर हो ।

पुरुषतर्फ संयोग अपराजित रहँदै छनोट भए । पुलिसकै गनन्जय दाहाल दोस्रो हुँदा एपीएफका राजीव चिकबन्जार तेस्रो स्थानमा सिमित भए ।

एसियाली च्याम्पियनसिप असोज २१ देखि २७ गतेसम्म हुने संघका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए । छनोट प्रतियोगिताबाट महिला र पुरुषमा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.