default_image

6 months ago

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

1318 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो।

दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो दिन २ विकेटको नोक्सानीमा २ सय १३ बाट ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिकालाई जितका लागि बाँकी ६९ रन आवश्यक थियो। खेल लर्ड्स मैदानमा भइरहेको थियो।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले दिनको तेस्रो ओभरमै विपक्षी कप्तान टेम्बा बावुमालाई ६६ रनमा क्याच आउट गराए। त्यसले अस्ट्रेलियन टोलीमा आशा जगाएको थियो।

त्यसपछि ४१ रन आवश्यक रहेको बेला मिशेल स्टार्कले ट्रिस्टन स्टब्सलाई बोल्ड गर्दै दक्षिण अफ्रिकी टोलीको केही तनाव बढाए ।

तर शतक बनाएका ओपनर ऐडन मार्करामले अघिल्लो दिनको लयलाई निरन्तरता दिँदै १ सय ३६ रनको उत्कृष्ट इनिङ खेले र दक्षिण अफ्रिकालाई जितको नजिक पुर्‍याए।

मैदानमा शतक बनाउने एक्ला खेलाडी मार्करामले जितका लागि चाहिएको रन प्रहार गर्ने मौका भने गुमाए। जब उनले जोश हेजलवुडको बलमा मिड विकेटमा ट्राभिस हेडलाई क्याचको मौका दिए ।

त्यसपछि डेभिड बेडिङह्याम र काइल भेरेनले बाँकी रन पूरा गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए। स्टार्कको बलमा कभर क्षेत्र हुँदै भेरेनले एक रन लिए र खुसीयाली मनाउँदै हात उठाए।

दक्षिण अफ्रिकाको यो रन चेज लर्ड्समा टेस्ट क्रिकेट इतिहासको दोस्रो सर्वाधिक बराबरीको रन चेज हो । यसअघि १९८४ मा वेस्ट इन्डिजले ३ सय ४२ रनको लक्ष्य पछ्याएर जित हासिल गरेको थियो।

यससँगै दक्षिण अफ्रिका न्यूजिल्यान्ड (२०२१) र अस्ट्रेलिया (२०२३) पछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.