default_image

4 months ago

July 5, 2025

विश्व ब्याडमिन्टन दिवसमा भक्तपुरमा ‘गल्ली ब्याडमिन्टन’

414 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विश्व ब्याडमिन्टन दिवस २०२५ को अवसरमा आज भक्तपुर दरबार स्क्वायर नजिक ‘गल्ली ब्याडमिन्टन – सबैका लागि ब्याडमिन्टन, गल्लीदेखि गौरवसम्म’ आयोजन गरिएको छ ।

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा तथा भक्तपुर नगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
विश्व ब्याडमिन्टन दिवसका लागि यो अन्तर्राष्ट्रिय नाराले राइज ए र्याकेट नारा दिइएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले स्थानीय नेवारी भाषामा सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूले समुदायलाई खेलकुदमार्फत एकताबद्ध बनाउने बताए ।

५ वर्षदेखि ९१ वर्षसम्मका विभिन्न उमेर समूहका २ सय‌ भन्दा बढीले गल्ली ब्याडमिन्टनमा भाग लिएका थिए। जसमा पारा ब्याडमिन्टन खेलाडीको सहभागिता रह्यो ऐतिहासिक भुक्तपुरका गल्लीहरूलाई सांस्कृतिक र खेलकुदको रंगीन स्थलमा परिणत गर्ने प्रयास गरिएको थियो ।


कार्यक्रममा अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघ (बिडब्लुएए) का प्राविधिक पदाधिकारी, प्रशिक्षक र ‘शट्ल टाइम’ ट्यूटरहरूको सक्रिय सहभागिताले उच्चस्तरीय प्रशिक्षण, खेल र गतिविधि भएको थियो।
केबिएले भक्तपुरको ब्याडमिन्टन विकासमा योगदान गरेका अम्पायर राध्ये श्याम मछामाछी र प्रशिक्षक सबिन ढुंगेललाई सम्मान गरिएको थियो
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कार्यक्रमलाई खेल विकासको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरे।
भक्तपुर नगरपालिकाका पर्यटन प्रमुख गौतम लसिवाले यस्ता कार्यक्रमहरूले भक्तपुरलाई एक जीवित सम्पदास्थल र स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा भक्तपुरका स्कुल काविद्यार्थीहरूबीचको विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता भएको थियो।
खेलाडी र युवाहरूका लागि बिडब्लुएफ प्रशिक्षकले कोचिङ क्लिनिक सन्चालन गरे।

केबिएकी अध्यक्ष रीता बिष्टले सबै साझेदारहरू, सहभागीहरू, र स्थानीय समुदायलाई धन्यवाद दिइन् । केबिएका सचिव शदीपक थापाले ‘गल्ली ब्याडमिन्टन’ अभियानको उद्देश्यमा प्रकाश पार्दै, स्थानीय गल्ली, टोल, आँगन हुँदै ब्याडमिन्टनलाई दैनिक जीवनमा समावेश गराउने र सामाजिक समावेशीतालाई जोड दिने बताए।
कार्यक्रममा गोल्डेन गेट इन्टरनेसनल कलेज, जागरण डेन्टल होम प्रा.लि., थ्राइभ ब्रोकरेज होम प्रा.लि., अमुडी फुड प्रा.लि., डब्लु.आर.आई. एजुकेसन कन्सल्टेन्सी, नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेल समिति, रिगल फ्लेवर रेष्टुरेन्ट, अर्क्श फुडको सहयोग रहेको थियो।

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

Success

Thank you for your time.