default_image

5 months ago

July 9, 2025

टेबल टेनिसको लेभल वान कोचिङ कोर्स सुरु

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधवार सुरु भएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । कोर्समा सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ ।

नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर सहभागी छन् ।

त्यस्तै रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विकले भाग लिएका छन् ।

भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् । कोर्ष आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्ने छन् ।

कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतको उपस्थिति रहेको थियो । कोर्स असार २९ गतेसम्म सञ्चालन हुनेछ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.