5 months ago
July 13, 2025
एजेन्सी – पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन उपाधि जितेकी छिन्।
स्वियातेकले शनिवार अमान्दा एनिसिमोवामाथि ६–०, ६–० को क्रूरतापूर्ण जित निकाल्दै पहिलो पटक विम्बल्डन उपाधि हात पारेकी हुन्। फाइनल मात्र ५७ मिनेटमा टुंगिएको थियो।
यो अमेरिकी खेलाडी एनिसिमोवाका लागि कठोर अनुभव थियो । तर स्वियातेकसँग यस्तै पराजय भोग्नुपर्ने उनी मात्र एक्ली होइनन्।
सन् २०२१ मा पनि स्वियातेकले इटालियन ओपनको फाइनलमा पूर्व विश्व नम्बर एक करोलिना प्लिस्कोवालाई ६–०, ६–० ले हराएकी थिइन्।
२०२५ मा मात्रै १२ जना खेलाडी स्वियातेकसँग एउटा सेट ६–० ले हारिसकेका छन्, जसमा डयाना यास्त्रेम्स्का (दुईपटक), एम्मा राडुकानु, बेलिन्डा बेन्सिच र भिक्टोरिया अजारेंका पनि छन्।
जनवरीको अष्ट्रेलियन ओपनमा उनले आफ्नो पहिलो ४ मध्ये ३ खेलमा ६–० को सेट जितेकी थिइन् । अहिले यस्तै स्कोरलाइनहरू ग्रास कोर्टमा पनि देखिन थालेको छ ।
‘यहाँ आउँदा म साँच्चिकै आफूलाई सुधार्न र खेलाडीको रूपमा विकसित हुन केन्द्रित हुन सकेँ, सबैले मसँग जित्ने अपेक्षा मात्रै गरेनन्,’ पोल्यान्डकी स्वियातेकले भनिन्,’मलाई त्यो मनपर्यो, किनभने योपटक अपेक्षाहरू अलिकति कम थिए।’

फाइनलमा ६–०, ६–० को स्कोरलाइन अत्यन्त दुर्लभ मानिन्छ । यसले स्वियातेकको वर्चस्व झनै देखाउँछ।
१९८८ को फ्रेन्च ओपन यता ग्राण्ड स्लामको फाइनलमा ६–०, ६–० को जित पहिलो पटक हो । त्यति बेला स्टेफी ग्राफले नताशा जेभरेवालाई जम्मा ३४ मिनेटमा हराएकी थिइन्।
विम्बल्डनको फाइनलमा ओपन युग (पेसागत टेनिस सुरु भएको समय) यता यस्तो जित पहिलो पटक भएको हो। १९११ मा डोरोथिया ल्याम्बर्ट चेम्बर्सले डोरा बुथबिलाई त्यस्तै स्कोरले हराएकी थिइन् । तर त्यो बेलामा ‘च्यालेन्ज म्याच’ प्रणाली चल्थ्यो, जसमा गत वर्षको विजेता सिधै फाइनल खेल्थ्यो।
स्वियातेक ओपन युगमा विम्बल्डनको महिला एकल फाइनलमा पहिलो सेट ६–० ले जित्ने चौथो खेलाडी बनेकी छन्। यसअघि यो उपलब्धि बिली जीन किङ (१९७३, १९७५), क्रिस एभर्ट (१९७४) र मार्टिना नाभ्राटिलोभा (१९८३) ले हासिल गरेका थिए।
यो जितसँगै स्वियातेकको प्रमुख उपाधिहरू (ग्राण्ड स्लाम) को फाइनलमा उत्कृष्ट रेकर्ड कायम रह्यो । उनले अहिलेसम्म खेलेका ६ स्लाम फाइनलमध्ये १२ सेट जितेकी छन्, केवल १ सेट मात्र हारेकी छन्।
स्वियातेकको यो छैटौं ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले ४ पटक फ्रेन्च ओपन र १ पटक अस्ट्रेलियन ओपन जितेकी थिइन्।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]