default_image

4 months ago

July 15, 2025

‘डेभिस कप छनोट पारदर्शी छ’- टेनिस संघ

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ ।

खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टोली छनोट गरिएको बताएको हो ।

सन् २०२४ को आइटिएफको शीर्ष २ हजारभित्र रहेकाले अभिषेक र नेपाल नम्बर एक प्रदीप खड्कालाई टोलीमा समावेश गरिएको उल्लेख गर्दै संघले सन् २०२५ मा अभिषेकले पर्याप्त आइटिएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको उल्लेख गरेको छ ।

त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिएपनि उनले गुआममा आयोजना आइटिएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ ।

‘संघले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनिक गरिसकेको थियो र आइटिएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ,’ टेनिस संघले विज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’

‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस संघले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउाछौं ,’ संघले भनेको छ ।

अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गलत आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै संघले आफूहरु सधै निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ ।

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

Success

Thank you for your time.