default_image

5 months ago

July 18, 2025

टेबल टेनिस लिगमा स्ट्याग ग्लोबलको सहकार्य निरन्तर

461 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा अर्को महिना स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थ्री हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगिताको तेस्रो संस्करणमा पनि भारतको स्टयाग गोल्बल प्रा.लिले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा निरन्तरता दिने भएको छ ।  

आज स्ट्याग गोल्बलका अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले संझौता गरेका छन् ।

मुख्य प्रायोजकले प्रतियोगितालाई लागि टेबल टेनिस टेबल, रेफ्री कुर्सी, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत गरि १५ लाख रुपैयाँ बराबरको सामग्रीहरु प्रदान गर्नेछ ।

६ दिन सम्म चल्ने मिक्स टिम लिग प्रतियोगितामा देश भरका विभिन्न क्लबहरुले सहभागिता जनाउने छन् । सहभागी क्लबले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गराउन पाउने छन् ।  

झन्डै ३० लाख रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिताको च्याम्पियन टोलीले ३ लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी प्राप्त गर्नेछ। दोस्रो टोलीले १ लाख ५० हजार तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.