default_image

4 months ago

July 26, 2025

मुलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध

540 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको  छ ।

मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए ।

उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायश्थ र राजु श्रेष्ठ चुनिए । महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन् ।

सदस्यमा विष्णुबहादुर थापा, प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी छन् ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिए भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गरेका थिए ।

त्यसअघि कुपण्डोलस्थित होटल हिमालयमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.