4 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको महिला/पुरुष दुवै दक्षिण एसियाबाट विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिवार सम्पन्न प्रतियोगिता राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएका हुन् ।
महिला र पुरुषतर्फ समान ५ राष्ट्र सहभागी थिए । महिला पुरुष दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका र बंगलादेशलाई समान ३-० ले पराजित गर्दै ८ अंक जोड्यो ।
भारतीय टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट भएको हो ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल ७ अंकसाथ नेपाल दोश्रो भयो । भारतसंग मात्र चुकेको नेपालले पहिलो दिन बुधबार श्रीलंकालाई ३–०, माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा पराजित गरेको थियो । माल्दिभ्स र श्रीलंका तेश्रो भए ।
महिलामा माल्दिभ्ससंगै नेपाल तेश्रो भयो । ६ अंक जोडेको नेपालले २ राष्ट्रलाई पराजित ग¥यो भने २ राष्ट्रलाई नतिजा सुम्पियो । माल्दिभ्स र बंगलादेशलाई समान ३–० ले पाखा लगाएको नेपाल भारतसंग ३–० र श्रीलंकासंग २–३ ले पछि प¥यो । श्रीलंका ७ अंकसाथ दोश्रो स्थानमा रह्यो ।

नेपाली टोलीको पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल तथा महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले प्रतिस्पर्धा गरेका थिए । मोहनदास बासुकला मुख्य प्रशिक्षक तथा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कवेरप्रकाश सिंह, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा भारतबाट १० तथा नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८ खेलाडी सहभागी थिए । भुटान र पाकिस्तान सहभागी भएनन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]