default_image

5 years ago

March 25, 2019

दिपेश र प्रिन्स प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृति राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन दोस्रो वरीयताका दिपेशले म्याग्दीका विजय बानियालाई २१–८ र २१–८ को सहज जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भए । दुवई अन्तर्राष्ट्रिय […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृति राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको दोश्रो दिन दोस्रो वरीयताका दिपेशले म्याग्दीका विजय बानियालाई २१–८ र २१–८ को सहज जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भए । दुवई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्णधारी प्रिन्सले प्रि–क्वाटफाइनलमा प्रवेश गर्ने क्रममा एपिएफका ईन्द्र महतालाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे ।

यस्तै पेम्बा शेर्पा, गौतम कठायत, सुदीप सेढाई, निरञ्जन देवकोटा, बिजित थापा मगर, सुनिल जोशी निरबिक्रम देवकोटा र साजन कृष्ण ताम्राकारले पनि अन्तिम १६ मा स्थान बनाए । पेम्बाले नेपाल प्रहरीका हिरा राईलाई २०–२२, २१–१९ र २३–२१ ले हरायो । गौतमले इटहरीका भोजबहादुर गुरुङलाई २१–१५ र २१–१५ ले सहजै पन्छाउदा सुदीपले कञ्चनपुरका गोकुल जोरालाई २६–२४ र २१–१३ ले हरायो । निरञ्जनले सेनाका बिशाल खड्कालाई २१–१४ र २१–१९, बिजितले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१–१७ र २१–१९, सुनिल जोशीले पुलिसका पूर्णबहादुर थापालाई २१–९ र २१–१६, निरबिक्रमले जेष्टकै अखिल श्रेष्ठलाई २१–१६, २१–१३ ले तथा साजनले कैलालीका अमृत चौधरीलाई २१–१३ र २१–१५ ले पाखा लगाए ।

हल्चोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको प्रतियोगितामा सेनाका प्रफुल महर्जन, दिवश संकर र रुकेश महर्जनले पनि प्रि–क्वाटरमा स्थान बनाए । नेपाल पुलिसका दीपक बोहरा, बिष्णु कटुवाल र जीवन आचार्यले पनि प्रि–क्वाटरमा स्थान बनाए ।

प्रतियोगितामा यसअघिको लगातार सात संस्करणको च्याम्पियन तथा शीर्ष वरीयताका आर्मीका रत्नजित तामाङले सहभागिता जनाएका छैनन् । यस्तै तेस्रो वरीयताका बिकास श्रेष्ठ र नवौ वरीयताका नवीन श्रेष्ठले पनि प्रतियोगितामा सहभागिता जनाएका छैनन् । उनीहरु प्रशिक्षणको क्रममा जापानमा रहेका छन् ।

Success

Thank you for your time.