default_image

5 years ago

April 25, 2019

प्रिन्स योनेक्स इन्टरनेशनलको प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बैंककमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले प्रतियोगिताको नवौ वरीयताका थाइल्यान्डका फातराफाट्स् उतु हुवादचारोइनलाई २–० को सोझो सेटमा पराजत गर्दै अन्तिम–१६ मा पुग्न सफल भएका हुन् […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बैंककमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले प्रतियोगिताको नवौ वरीयताका थाइल्यान्डका फातराफाट्स् उतु हुवादचारोइनलाई २–० को सोझो सेटमा पराजत गर्दै अन्तिम–१६ मा पुग्न सफल भएका हुन् ।

एकपक्षीय खेलमा प्रिन्सले पहिलो सेट २१–१० र दोस्रो सेट २१–१३ ले सहजै आफ्नो पक्षमा पार्न सफल भए । अब उनले प्रि क्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले यसअघि पहिलो राउन्डमा जापानका, दोस्रो राउन्डमा थाइल्यान्डका र तेस्रो चरणमा मलेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

अत्यधिक गर्मीका कारण खेलमा केही असहज भएको प्रिन्सले हाम्रो खेलकुदलाई जानकारी गराए । थाइल्यान्डको गर्मीलाई प्रतियोगिता दौरान निकै चर्चाको विषय बनेको छ । गर्मीकै कारण कोरियन र चीनका खेलाडीलाई अस्पतालमा लगिएको थियो ।

प्रिन्सको प्रशिक्षक र म्यानेजरका रुपमा उनका मामा कमलेस निरौला रहेका छन् ।

Success

Thank you for your time.