default_image

3 years ago

April 1, 2021

काठमाडौं टिम च्याम्पियन्सिप हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौं टिम च्याम्पियन्सिप आयोजना तथा एकेडेमी सञ्चालनार्थ कुमारी बैंकसँग पाँच वर्षको लागि ७५ लाखको प्रायोजन सम्झौता गरेको छ । कुमारी बैंकका डेप्युटी सिइओ मनिष तिमल्सना र काठमाडौं ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रीता बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार कुमारी बैंकले एकेडमीले आयोजना गर्ने कुमारी बैंक काठमाडौं टिम च्याम्पियन्सिपको […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौं टिम च्याम्पियन्सिप आयोजना तथा एकेडेमी सञ्चालनार्थ कुमारी बैंकसँग पाँच वर्षको लागि ७५ लाखको प्रायोजन सम्झौता गरेको छ ।

कुमारी बैंकका डेप्युटी सिइओ मनिष तिमल्सना र काठमाडौं ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रीता बिष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार कुमारी बैंकले एकेडमीले आयोजना गर्ने कुमारी बैंक काठमाडौं टिम च्याम्पियन्सिपको लागि वार्षिक दश लाख र एकेडेमीकोलागि पाँच लाख उपलब्ध गराउनेछ।‌

च्याम्पियनसिप जेठ २० गतेदेखि हुनेछ। १६ कर्पोरेट हाउसको सहभागिता रहनेछ । चार समुहमा १६ टिमलाई विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । टिम र खेलाडीको घोषणा प्रतियोगिताको दुई साता अगाडि सार्वजनिक गरिने बताइएको छ ।

सहभागी प्रत्येक कर्पोरेट हाउसले शीर्ष १६ वरियताका पुरुष र महिला गरेर दुई खेलाडीलाई आवद्ध गर्नुपर्नेछ। मेन्स डबल्स, वुमन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स र वुमन्स सिंग्लस गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपमा सहभागिता जनाउने प्रत्येक खेलाडीले कम्तीमा बीस हजार रुपैयाँ पाउनेछन् । खेल जित्दै जाँदा फाइनलपुग्नेले ५० हजार सम्म म्याच फी प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल आठ लाख पुरस्कार रहेको छ। महिला र पुरुष दुवैतर्फ पहिलो हुने टोलीको व्यावसायिक खेलाडीले ५० हजार र ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन । सेमिफाइनलिष्ट टिमले ३०/३० हजार पाउनेछन। प्रतियोगिता‌ जेठ २० देखि २२ सम्म हुनेछ।

Success

Thank you for your time.